नेपाली हास्य ब्यङ्गे क्षेत्रका मूख्य हस्ती मनदकृष्ण श्रेष्ठको नयाँ गीत सार्वजानिक भएको छ । ७१ बर्षिय श्रेष्ठको स्वरमा सजिएको “जिन्दगी” बोलको गीत नयाँ बर्ष २०७८ को पहिलो दिनमा सार्वजानिक गरेका हुन् ।
गायक तथा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको “फूल बुट्टे सारी” को अपार सफल्ता पछि यो गीत सार्वजानिक भएको हो । बाबु आमाले छोरा छोरीलाई बेस्सरी मायाँ गर्ने तर छोरा छोरीहरुले बाबु आमालाई जून प्रकारको व्यवहार गर्नु पर्ने हुन्थ्यो त्यस्तो नगरेको विषयलाई गीत मार्फत प्रस्तुत गरिएको यस गीतका गीतकार भरत महतारा क्षेत्रीले जानकारी दिनुभयो ।
गोतो सेन्टर Goto Centre Youtube Channel बाट प्रशारण गरिएको यस गीतमा तोरेम्पा हाङले संगीत गरेका थिए भने चर्चित कालाकार सुरवीर पण्डित “दाह्री बा” ले मूख्य अभिनय गरेका छन् । यस्तै किशोर भुजेल, पुजा भुजेल, भरत महतारा, लगायतले अभिनय गरेका छन् ।