भारतीय जेलबाट ४० वर्षपछि रिहा भए दुर्गा प्रसाद तिम्सिना

भारतीय जेलबाट ४० वर्षपछि रिहा भए दुर्गा प्रसाद तिम्सिना

  • शनिबार, चैत्र ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 45.7K
    SHARES

कोलकत्ताको कारागारमा रहेका यहाँस्थित माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा हुनुभएको छ । चालीस वर्षदेखि कारागार जीवन बिताइरहनुभएका दुर्गाप्रसाद रिहा हुनुभएको हो ।

कलकत्ता उच्च अदालतले उहाँलाई रिहा गर्न आदेश दिएपछि आज दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उहाँका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिनु भएको थियो ।

चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाउनु भएको थियो । उहाँलाई ह्याम रेडियोको क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन् । विसं २०३७ मा दुर्गाप्रसादले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्नु हुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी