१. अहिले नेपाली राजनीतिमा कमरेड केपी शर्मा ओलीको लोकप्रीयता शीखरमा पुगेको छ । एउटा शिखर पुरुष वा राजनेता त्यत्तिकै बनिदैन, त्यसका लागि उसले ब्यापक हावाको हुण्डरीको सामना गर्नु पर्दछ । केपी शर्मा ओली अहिले देशको मात्रै होइन, देश विदेशका थुपै नेताहरुकोवीचमा पनि लोकप्रीय हुनुहुन्छ । उहाँले आफ्नो जीवनमा संघर्षका अनेकन मोडहरु पार गर्नु भएको छ । उहाँ अग्लिने क्रममा खडेरीहरु पर्दा पानी बनेर उहाँलाई राधिका आमाले सिंचित गर्नुपर्यो । हावा हुण्डरीले बेस्सरी हल्लाएर उहाँलाई भाँच्न खोज्दा बलियो जरा बनेर उहाँलाई दुःख र पिडाका हुण्डरीबाट राधिका आमाले सतिसाल बनाएर उभ्याउनु भयो । के.पी ओलीलाई आधारित बनाएर राधिका आमाले लेखेकोे मेरा अनुभूति किताब पढेर मलाई यस्तै अनुभूति भयो ।
२ केपी शर्मा ओली र उहाँको बारेमा नेपाली छापाहरुमा सबैभन्दा बढी लेख र समाचार छापिएका छन् । उहाँकाबारेमा विद्युतिय सञ्चार माध्यमहरुमा पनि सबैभन्दा बढी समाचार र टिप्पणीहरु प्रसारित र प्रकाशित भएका छन् र तर यी टिप्पणीहरु कति सहि हुन् कति गलत छन् । तर केपी ओलीको एउटा जीवन संगीनीको रुपमा राधिका शाक्यले मेरा अनुभूतिमा लेख्नु भएका तत्थहरु सतप्रतिशत सत्य छन् । त्यसैले केपी ओलीको जीवन बुझ्न चाहनेले मेरो अनुभूति भन्ने पुस्तक पढ्नै पर्छ भन्ने मेरो निष्कर्ष छ ।
३. एउटा सफल मान्छे बन्न उसको जीवनसाथीको महत्वपूर्ण भूमिका हुन्छ । चार वर्ष जेल भित्रको पनि महाजेल गोलघर सहितको चौध वर्ष जेल जीवन व्यतित गरेर खुला आकाशमा निस्कनु भएको र फेरी पनि जतिबेला पनि जेल पर्न सक्ने र जतिबेला पनि मारिन सक्ने संभावना भएको जीर्ण स्वास्थ्य, फरक जात र समाज, मातृवात्सल्य गुमाएको व्यक्तिलाई विवाह गरेर आज जुन उचाईमा केपी शर्मा ओलीलाई पुरयाउनु भएको छ र त्यसबाट अहिले सिङगो देश र पार्टीलाई केपी शर्मा ओलीले जुन योगदान गर्नु भएको छ । त्यसको पृष्ठभुमिमा उहाँसँग विवाह गर्ने उहाँको त्यो साहसिक निर्णयलाई नभएको भए आज देशको यो स्थिति नहुन सक्दथ्यो, त्यसैले हामी सवैले राधिका आमालाई सम्मान पुर्वक सलाम गर्नु पर्दछ ।
४. बिगतका कठिन दिनहरुमा आफु आँशु पिउदै, जीवनमा घुम्ती र मोडहरुमा अनेक बेदनाहरु सहदै, सहनुको विकल्प सहनु नै हो भन्ने सिद्धान्तको मार्गदर्शनमा तीन करोड नेपालीहरुको आशा र भरोशाको केन्द्र बनाएर राधिका आमाले केपी शर्मा ओली पार्टी र देशलाई सुम्पनु भयो । आजको देश विकासमा, पार्टीको बिस्तार र विकासमा र आज उहाँको पछाडी लागेका हरेक नेता कार्यकर्ताले जे जिम्मेवारी पाउनु भएको छ, त्यसका पछाडी राधिका आमाको महत्वपूर्ण भूमिका छ । त्यसैले उहाँलाई हामी हरेक नेता कार्यकर्ता र सिंङगो देशले सम्मान गर्नुपर्दछ ।
५. केपी शर्मा ओली नेपाली राजनीतिको मियो हिजो पनि हुनुहुन्थ्यो । आज पनि हुनुहुन्छ । भोलि पनि हुनुहुन्छ । उहाँको यो राजनीति उचाइ प्राप्तीमा राधिका आमाको योगदान नभएको भए, त्यो सम्भव नहुन पनि सक्दथ्यो । आज केपी ओलीको नेतृत्वमा रहेको सरकार र पार्टी जहाँ छ , त्यो नहुन सक्दथ्यो । तर आज हाम्रो देश जहाँ छ, हामी पार्टीको कार्यकर्ताहरु जहाँ छौ, त्यो केपी ओलीको नेतृत्वमा सम्भव भएको हो । तर कहिलेकाही हामी पर्दा भित्र बसेर पार्टी र देशका लागि भूमिका निर्वाह गर्ने मानिसहरु बिर्सन्छौ । उहाँहरुको त्याग बलिदानलाई बिसन्छौ । राधिका आमा पनि केपी ओली मार्पmत देश जनता र पार्टीका लागि त्याग र बलिदान गर्ने एउटा महिला हुनुहुन्छ । उहाँको मेरा अनुभूति भन्ने पुस्तकले राधिका आमाको पर्दा भित्रको भूमिकालाई आम नेता कार्यकर्ता र सिङगो देशले बुझ्ने गरेर बाहिर ल्याएदिएको छ । जसले पार्टी र देशप्रतिको राधिका आमाको योगदानलाई सवैले बुझनेछ भन्ने मेरा निष्कर्ष रहेको छ ।
६. राधिका आमा पनि एउटा मान्छे हो । उहाँसंग पनि अरु मान्छे जस्तै मन छ । उहाँपनि आफ्नो श्रीमान सँग दुःख सुख साट्न चाहनु हुन्थ्यो होला । आफ्नो श्रीमानको जीर्ण शरीरले केही आराम गरोस भन्ने चाहना उहाँसँग पनि थियो र छ होला । घर र निवासभरी जम्मा भएका नेता, कार्यकर्ता, र कर्मचारीहरुको भिडबाट आफ्नो श्रीमानसँग गफिन उहाँ पनि चाहानु हुन्थ्यो होला । तर उहाले केपी शर्मा ओलीसंग त्यसको माग कहिले गर्नु भएन । आफ्नो जागिरबाट आएको तलबले घर व्यवस्थापन गदै आफ्नो घरलाई सबै नेता कार्यकर्ताको साझा घर बनाइ रहनु भएको छ । बिभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दा होस वा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा होस, मन्त्रालयका निवास र वालुटारलाई उहाँले सबैको साझा निवास बनाउनु भएको छ । त्यसैले राधिका शाक्य, तपाई केपी शर्मा ओलीको जीवन साथी मात्र होइन, तपाई देशको आमा हो ।
७. केपी शर्मा ओलीको शरीर जीर्ण रहेको तपाईलाई विवाहपूर्व नै थाहा थियो । विवाहपछि एकपल्ट मात्रै होइन, दुईपल्ट मृगौला फेल भएर यसको प्रत्यारोपणदेखी अन्य रोेगहरुको उपचारमा देश विदेशका अस्पतालहरु चाहार्दा चिकित्सकहरुको व्यवस्थापनदेखि औषधी उपचारको व्यवस्थापनमा राधिका आमाको भूमिका नहुन्थ्यो भने आज केपी शर्मा ओलीको पूmर्तिलो, हँसिलो र युवकको जस्तो स्वास्थ्य छ नी, त्यो नहुन पनि सक्दथ्यो । हिजोको १४ बर्षे जेलको विश्वविद्यालयमा खारिएको दिमाग र सोचलाई, दुइपल्ट मृगौला प्रत्यारोपण गरेर अनेक रोगहरुको सामना गरेको शरीरलाई स्वास्थ्य बनाएर देशका विभिन्न क्षेत्रहरुमा बैठक, भेला, सभा उद्घाटनहरुमा १८ घण्टा सम्म खट्न सक्ने केपी ओली बनाउनमा राधिका आमाको योगदानलाई हामीले तपाईको मेरो अनुभुति भन्ने पुस्तकबाट बुझ्ने मौका पाएका छौ । त्यसैले तपाई प्रति सबै नेपालीको सम्मान बढेको छ ।
८. आमाबाबु नभएका टुहुरा बालबालिकालाई विद्यालय भर्ना गर्ने, सडकमा रहेका मानवहरुको उद्धार गर्ने, एसीड आक्रमणकारीलाई दण्डित गर्ने र त्यसकालागि कानुनसम्म बनाउने कामले तपाईको समाज सेवा प्रतिको क्रियाशिलता हामीले नजिकबाट देखेका छौ । हिजो पनि बालुवाटारमा धेरै प्रधानमन्त्री भित्रिए । उहाँहरुका श्रीमतीहरु प्रथम महिला पनि बने तर उहाँहरुबाट यस्ता सामाजिक क्षेत्रको क्रियाशिलता देखिएको थिएन । तपाई त्यस्तो प्रथम महिला हो, जसले घरेलु रुपमा आफ्नो श्रीमानको मात्र होइन, आतिथ्यता र सत्कारका हिसावले बालकोटमा मात्रै होइन, बालुवाटारलाई पनि सबै सरोकारवालाहरुकोे साझा बनाएर समाजसेवा समेत गर्न भ्याउनु भएको छ । केपी शर्मा ओलीको धर्मपत्नीकोरुपमा उहाँसँगको व्यक्तिगत जीवन र राजनीतिको जीवन निर्माणमा तपाईको भुमिका र अनुभूति समेटेरे एउटा सिङगो पुस्तक मेरो अनुभूति लेखेर देशलाई सम्पनु भएको छ । यो पुस्तकबाट केपी शर्मा ओलीको जीवन बुझ्न चाहानेहरुलाई, उहाँको जीवन र योगदानकावारेमा थप अध्ययन र अनुसन्धान गर्न चाहने सवै अनुसन्धानकर्ताहरु समेतलाई यो पुस्तकले तथ्यहरु उपलव्ध गराएको छ । थप हौसला थपेको छ । तपाईबाट केपी शर्मा ओलीका जीवनका अन्य पाटा र पक्षहरुमा तपाईका अनुभूतिहरु लेखिदै जाउन, राधिका आमा, तपाईलाई धेरै धेरै शुभकामना छ ।