“युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजकमा सिभिल बैंक

“युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजकमा सिभिल बैंक

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ । जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार रु २५,०००.।–, रु १५,०००।– र रु १०,०००।– क्रमश रहेको छ ।

यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) “युथ म्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइनेछ । नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको छ । पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिक सम्म गर्नु पर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ ।
ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिक सम्म अपलोड गरिसक्नुपर्नेछ। अन्तिम चरणमा “युथ म्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७०% “युथ म्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुप मार्फत प्राप्त लाईकको आधारमा र ३०% निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।

दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य; शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताउनु भयो ।

हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिक तनाबलाई न्यूनिकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी