आइएमई “भरोसा कोश”: चितवन अवस्थित आवेदकलाई वितरण शुरु

आइएमई “भरोसा कोश”: चितवन अवस्थित आवेदकलाई वितरण शुरु

कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं १५ पौस । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु
भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई “भरोसा कोश” को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
गत हप्ता पौस ९ गते बिहिवारका दिन चितवनमा आयोजित एक विशेष कार्यकमका वीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयूक्त रूपमा आवेदक स्व. बुद्धि लाल सार्की को पत्नी श्री सीता सार्की लाई चेक हस्तान्तरण गर्नुभएको थियो । आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।
कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो ।

साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने आईएमईको विस्वास छ ।
सन्२०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी