मंसीर २३ काठमाण्डौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी आजदेखि इ क्लास नेपाल मोवाइल एप्स शुरु गरेको छ ।
भर्चुअल रुपमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेको सो एप्स प्रगति आइटी सोलुसनले निशुल्क तयार गरेको हो ।
नेपालका सबै ठाउँमा सहज तरिकाले प्रयोग गर्न सकिने गरी उक्त एप्स तयार गरिएको केन्द्रका महानिर्देशक वैकुण्ठ प्रसाद अर्यालले बताए ।
कक्षा १ देखि १० सम्मका अनिवार्य विषय समावेश गरिएको एप्स एन्ड्रोईड मोवाइल तथा साधारण मोबाइलबाट शिक्षक तथा विद्यार्थीले प्रयोग गर्न सक्ने गरी तयार गरिएको छ । सो एप्समा विद्यार्थीका लागि पाठ्य सामग्री र शिक्षकका लागि शिक्षक निर्देशिका, मूल्यांकन विधि लगायका वैकल्पिक शैक्षिक सामग्री समावेश गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline