ललितपुर, १४ मंसिर । राष्ट्रिय संगीतकर्मी संघको ललितपुरले सुवास महतको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
गीत संगीतको क्षेत्रमा काम गर्दै आएको संघको शनिवार बालाकुमारीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति सर्बसम्वत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा वर्षा सिलवाल,महिला उपाध्यक्षमा सविना दाहाल,उपाध्यक्षमा मनराम केसी र सुमित्रा श्रेष्ठ (रोजी),सचिवमा सुवास बजगाईं,सहसचिवमा सुजाता केसी र सरोज लामा,कोषाध्यक्षमा रञ्जित संजेल, सह (कोषाध्यक्षमा सम्झना खड्का धिमिरे चयन भएका छन् ।
यसैगरी अन्य कार्यसमिति सदस्यहरुमा रामसुन्दर कार्की , समिर तिमल्सिना, श्यामसुन्दर तिमल्सिना,सुमन दुलाल , सुन्तली खड्का,रञ्जन पौडेल,डिना कोईराला,विवेक खड्का ुमुस्कान,सम्राट रेग्मी,अनिल जिसी ुबुलेटु,सुशीला दुलाल ुश्रेयाु र आरके गाम्बा रहेका छन्।
यस्तै संघको प्रवतामा गोमा पाण्डे चयन भएकी छन् ।

झण्डै डेढ दशकदेखि पत्रकारीता क्षेत्रमा सक्रिय पाण्डे नेपाल पत्रकार महासंघ ललितपुरकी कार्यसमिति सदस्य समेत हुन् । रेडियो, टेलिभिजनमा समेत काम गरेकी पाण्डे कलासाहित्यको क्षेत्रमा समेत कलम चलाउदै आएकी छिन् ।


