जनमुक्ति सेना : जो लड्यो उ झाडी र खाडीमा, जसले लडायो उ महलमा !

जनमुक्ति सेना : जो लड्यो उ झाडी र खाडीमा, जसले लडायो उ महलमा !

  • सोमवार, मंसिर ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 55.5K
    SHARES

नेपालमा सामन्ति राज्य व्यवस्थाको अन्त्य गरेर जनवाद, समाजवाद हुँदै साम्यवाद स्थापना गर्न भनी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २०५२ साल फागुण १ गतेबाट शसस्त्र जनयुद्ध थालियो । माओवादी आन्दोलनको रुपमा स्थापित हुँदै गएको जनयुद्धका क्रममा शुरुमा जनमिलिशियाका नाममा प्रहरी चौकीहरुमाथि आक्रमण गर्दै आएको माओवादी छापामारहरुलाई संगठित र संस्थागत रुप दिएर २०५८ साल मंसीर ८ गते जनमुक्ति सेना नेपाल घोषणा गरिएको थियो ।
जनमुक्ति सेनाको सर्बोच्च कमाण्डर थिए प्रचण्ड । यो दिननै माओवादी जनमुक्ति सेनाले दाङको घोराहीमा सेनाको ब्यारेकमा पहिलो हमला गरेर हतियार कब्जा गरेको थियो । त्यसको दुई दिन पछि तात्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारको सिफारीसमा संकटकाल घोषणा गरिएको थियो ।
त्यस पछि राज्य र बिद्रोहीबीचको युद्ध पनि थप भीषण हुँदै गयो । हत्या र हिंशाका श्रखलाहरु धेरै बढे । संयौको संख्यामा नागरिकहरु वेपत्ता बनाईए । जो अझै सम्म पत्ता लाग्न सकेका छैनन् ।
यसरी निर्माण भएको जनमुक्ति सेना शान्ति सम्झौता पछि मंसीर ५, ०६३ देखि देशका विभिन्न अस्थाई शिविरहरुमा राखिए । शुरुमा २८ हजार भन्दा बढी लडाकु भनेर अखिलेख राखियो र त्यस पछि ४ हजार बढीलाई राष्ट्रसंघीय मिसन अनमिनको रोहबरमा अयोग्य घोषित गरेर शिबिरबाट निकालियो भने १९ हजार बढी शिबिरमा रहे ।
शिविरमा जनसेना राखेर काठमाण्डौंमा एक पछि अर्को वार्ता र सम्झौता गर्दै गएका प्रचण्ड बाबुराम भट्टराई लगायतका नेताले सरकार, संसद र संविधान सभामा प्रतिनिधित्व गरे । ६४ सालको निर्वाचनमा माओवादी करीब बहुमतको नजिक पुग्यो र जनमुक्ति सेनाका सर्बोच्च कमाण्डर प्रचण्ड प्रधानमन्त्री भए । ९ महिना पछि तात्कालीन प्रधानसेनापति रुकमाङगत कटवाल प्रकरण पछि प्रचण्ड आफै राजीनामा दिन बाध्य भए ।
त्यस पछि दोस्रो पटक पनि प्रचण्ड प्रधानमन्त्री बने, बाबुराम भट्टराई प्रधानमन्त्री बने । तर पनि जनमुक्ति सेनाको व्यवस्थापनमा कमजोरी गरे । लामो समय सम्म शिबिरमा राखिएकालाई अन्ततः केवल १५ सयलाई नेपाली सेनामा समाहित गर्ने र बाँकीलाई अवकाश दिने बाबुराम भट्टराई नेतृत्वको सरकारले निर्णय गर्यो ।
त्यस पछि केही रकम हात पारेर निस्किएका हजारौँ जनमुक्ति सेनाका लडाकु मध्य कमाण्डर स्तरका राम्रो कमिसन र कमाई गरेकाहरु राजधानी र शहरहरुमा आरामसगैँ जीवन जिईरहेका देखिन्छन् । कतिपय कमाण्डरहरु मन्त्री सांसद पटक पटक भएका छन् । अझ जनमुक्ति सेनाका कमाण्डर नन्द बहादुर पुन ( पासाङ ) दोस्रो कार्यकाल पनि उपराष्ट्रपतिको रुपमा रहेका छन् । प्रचण्ड आलिसान जीवन जिईरहेकै छन् । महंगो जीवन शैली, भोजनका बेला बेलाका दृष्यहरु सामाजिक सञ्जालमा आलोचनाको बिषय पनि नबनेको हैन । तर त्यसले सर्वोच्च कमाण्डर र अन्य कमाण्डरलाई छोएको देखिदैन ।
यसरी ठाँउ ठाँउमा लडेकाहरु हजारौ घाईते अपाङग छन्, कतिले उपचार पाईरहेका छैनन्, कति गोलीको छर्रा शरीरमा बोकेर बसिरहेका छन् तर कति जीवन यापन गर्न कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।
जीवनको महत्वपूर्ण समय र उर्जा क्रान्ति र युद्धमा खर्चिएका हजारौ युवाहरुले न त जनवाद र समाजवादको लक्ष्य भेटे, न त सहज जीवन जिउने आधार । उनीहरुको रगत र पशिनाले केही नेताहरु मालामाल भए, सत्तामा पटक पटक मन्त्री सांसद र सार्वजनिक लाभका पदहरुमा पुगे । चिल्ला भए उनीहरुको जीवन फेरियो । तर लड्नेहरु आज पनि उही जीवन यापनकै चुनौती र कष्टका कारण कोही घर गाँउमा झाडीमा फर्किएर खेती किशानी र सामान्य रोजगारी पेशा व्यवशार गर्दैछन् या मजदुरी भने अधिकांश लडाकुहरु अरबका गल्लीहरुमा पशिना बगाउन बाध्य छन् ।
तर थुप्रै युद्धमोर्चाहरुमा आदर्श, क्रान्ति र जनवाद समाजवादको सपना देखाएर लड्न, र मर्न आदेश दिनेहरु आसिलान जीवन जिईरहेकोमा पूर्व लडाकुहरुमा असन्तुष्टी देखिने गरेको छ ।
यो पीडा र आक्रोसमा रहँदै आएका जनमुक्ति सेनाको सही व्यवस्थापन र दिशा निर्देश गर्न नसकेका प्रचण्डहरु अन्ततः आलिसान भौतिक सुख र जीवनयापन हुँदा हुँदै पनि चूनौती सहित राजनीतिक रुपमा समेत कमजोर हुँदै गएको देखिन्छ । पछिल्लो समय नेकपा भित्र ओली पक्षबाट भएका व्यवहार र उनको खस्कदो भूमिकाले यही कुराको संकेत गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी