प्रचण्डकी नातिनी स्मीताको नयाँ गीत मालिङ्गोको भिडियो सार्वजनिक, साथमा देखिए राजेश हमाल

प्रचण्डकी नातिनी स्मीताको नयाँ गीत मालिङ्गोको भिडियो सार्वजनिक, साथमा देखिए राजेश हमाल

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिनुभएको छ । स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो आज सार्वजनिक भएको हो ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा देखिनुभएको छ । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिच्नुभएको हो । भिडियो सरोज ओलीको निर्देशनमा तयार भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी