‘सम्झिएर जिन्दगी’सार्वजनिक

‘सम्झिएर जिन्दगी’सार्वजनिक

  • मङ्लबार, कार्तिक ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गर्नुभएको छ । म्युुजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ ।
आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गर्नुभएका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र क्षेत्रको पहिचान स्थापित गर्न दशैँको मौकामा म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिनुभयो । सामाजिक कार्यमा समेत सक्रिय सूर्यविनायक नगरपालिका–७ गुण्डु निवासी घिमिरे हनुमन्ते सफाइ अभियानका विशेष दूतसमेत हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी