बीपी प्रतिष्ठानले तोक्यो कोरोना उपचारकाे शुल्कः ६० हजार धरौटी, दैनिक १५ हजार

बीपी प्रतिष्ठानले तोक्यो कोरोना उपचारकाे शुल्कः ६० हजार धरौटी, दैनिक १५ हजार

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

कार्तिक ६,धरान ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कारोना संक्रमितको उपचार शुल्क तोकेको छ । जसअनसार कोरोनाका जटिल अवस्थाका बिरामीले उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । यस्तै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले सूचना जारी गर्दै संघीय स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको निर्देशनअनुसार कोरोना परीक्षण र उपचार शुल्क तोकिएको जनाएका छन् ।

महामारी, सरुवा रोगको निःशुल्क उपचारलाई संविधानमै मौलिक हकका रूपमा व्याख्या गरिएकोमा प्रतिष्ठानले कात्तिक ८ देखि लागू हुने गरी उक्त शुल्क निर्धारण गरेको उनको भनाई छ ।

सुचनामा जनाएअनुसार प्रतिष्ठानमा पीसीआर जाँच शुल्क २२ सय, लक्षण नदेखिएका संक्रमितको उपचार गर्न ७ हजार रुपैयाँ, हल्का लक्षण भएकाले १२ हजार रुपैयाँ, मध्यम लक्षण भएकाले ३५ हजार रुपैयाँ र गम्भीर लक्षण भएकाले ६० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

यसै गरी लक्षण नभएकाको उपचार शुल्क दैनिक २ हजार, हल्का लक्षण भएकाको ३५ सय, मध्यम लक्षण भएकाको ७ हजार ५ सय र गम्भीर संक्रमितको दैनिक १५ हजार तोकिएको छ । आर्थिक रूपले विपन्न, अशक्त, असहाय, अपांगता भएका र ज्येष्ठ नागरिकको कोरोना संक्रमणको उपचार गर्नुपरे सिफारिस र परिचयपत्रको आधारमा निःशुल्क पीसीआर जाँच गर्ने उल्लेख छ । तर उपचार शुल्कबारे सूचनामा खुलाइएको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ