असोज २५ काठमाण्डौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक अनसन बसेका डा. गोविन्द केसीको माग संवोधन गर्ने प्रतिवद्धता सहित सरकारले ८ बुदे सम्झौता गरेको छ । अनसन अन्त्यको आग्रह गर्दै हिजो साझँ सम्म विज्ञप्ति निकालेको सरकारले अन्ततः मध्यराति ८ बुदे सम्झौता गरेको छ ।
यो सम्झौता पछि डा. केसीले आज बाट अनसन अन्त्य गर्ने सहमति भएको छ । २७ दिन देखि डा. केसी जुम्लाबाट शुरु गरेर शिक्षण अस्पतालमा अनशनरत थिए ।
सरकार समझदारी र वार्ताबाट पछि हटेको भन्दै आजबाट देशभर आकस्मिक र कोभिड बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रने चिकित्सकहरुले चेतावनी जारी गरेका थिए ।
त्यस पछि राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने, अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने, यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै कोरोना नियन्त्रणका लागि पिसिआरको दायरा बढाउने र उचित उपचारका लागि सरकारी अस्पतालहरुको क्षमता बढाउने र डा. केसीेले अनसन तोड्ने लगायत ८ बुदे सम्झौता भएका छन् ।
हेर्नुस् सम्झौता पत्रमा के छ ?

