किशानका लागि सिभिल बैंकले ल्यायो आकर्षक योजना, किशान समृद्धि कार्ड मार्फत प्रत्यक कृषकलाई पाँच लाख सम्म कर्जा दिने

किशानका लागि सिभिल बैंकले ल्यायो आकर्षक योजना, किशान समृद्धि कार्ड मार्फत प्रत्यक कृषकलाई पाँच लाख सम्म कर्जा दिने

  • बिहिबार, अशोज ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

असोज ८ काठमाण्डौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धिकार्डको सुबिधा संचालनमा ल्याएको छ ।
देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको जनाएको छ ।
कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षितगरी ल्याइएको यो सेवाबाट कृषिकार्यबाट प्राप्तहुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवस्यक परेको समयमा बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेती योग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध गराईन्छ ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्तखातामाग्राहकको वचतभएसम्म बैंकले ब्याजप्रदानगर्ने छ भनेयदिखातामाभएको वचतभन्दा बढि रकमझिकेमा बैकलाई ब्याजबुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासकोअन्तमाग्राहकलाई दिने र बैंकलाई बुझाउने खूदव्याज रकमको गणना हुनेछ ।

यो ऋण सुबिधाकृषिलाई मुख्य पेशाका रुपमाअँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमातोकीउपलब्ध गराइने छ जुनआफूलाई रकमआवश्यक परेको वखतमासजिलैउपयोग गर्न सकिनेछ ।यो ऋण सुबिधाको लागीकुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशीकाअनुसार यस सुविधाको ब्याज दरमा ५% अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदरमै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधाल्याएको बताएको छ ।

हालसम्म ४,७०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ६८.६०अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५५.२८अर्व कर्जा लगानी गरेकोे सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवाप्रदानगर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी