मिर्मिरे अनलाईनकी कार्यकारी सम्पादक सिर्जना तिम्सिनालाई मातृ शोक

मिर्मिरे अनलाईनकी कार्यकारी सम्पादक सिर्जना तिम्सिनालाई मातृ शोक

  • सोमवार, अशोज ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.7K
    SHARES

असोज ५ काठमाण्डौं । प्रशिद्ध मिडिया मार्केटिङ एण्ड कन्सलटेन्सी प्रा.लि.द्धारा सञ्चालित मिर्मिरे अनलाईनकी कार्यकारी सम्पादक
तथा यस कम्पनीकी प्रवन्ध निर्देशक सिर्जना तिम्सिनालाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ ललितपुरकी उपाध्यक्ष समेत रहेकी तिम्सनाको आमा पवित्रा देवी तिम्सिनाको असोज ४ गते राति ८ : ३० बजे बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको हो ।
झापा मेचीनगर नगरपालिका ५ की आमा पवित्रा केही दिन अघि रिंगटा चले पछि झापाको कन्काई अस्पतालमा भर्ना गरिएको थियो । तर सुधार नभए पछि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो ।
विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा भेन्टिलेटरमा ढिला गरि हालिएका कारण उपचारमा लापरबाही भएको पारीवारीक स्रोतले जनाएको छ ।
स्वर्गीय पवित्राकी ६ जना छोरा र चार जना छोरी गरी १० सन्तान रहेका छन् । उनका पति गौरीकान्त तिम्सिनाको १० बर्ष अघि निधन भएको थियो । यस्तै एक छोरा गणेश तिम्सिना गणतन्त्र एफएम ९५.१ धरानका स्टेसन म्यानेजर रहेका छन् ।
यस्तै अर्का छोरा सुजन तिम्सिना नेपाल पत्रकार महासंघ ईलाम शाखाका उपाध्यक्ष रहेका छन् । अर्का छोरा वासुदेव तिम्सिना नेपाल पत्रकार महासंघ बागमति प्रदेशका प्रतिनिधि रहेका छन् । अन्य छोराहरु रामकृष्ण तिम्सिना शिक्षक छन् भने भोला तिम्सिना मिडियामै आवद्ध छन् । छोरी मञ्जु तिम्सिना र निर्मला तिम्सिना पनि मिडियामा आवद्ध छन् भने छोरा प्रवीण तिम्सिना राजनीतिमा सक्रिय छन् । यस्तै जेठी छोरी रमा घिमिरे साधारण गृहीणी रहेकी छन ।
स्वर्गीय ममतामयी आमा पवित्राप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकको यस घडीमा सिर्जना तिम्सिना सहित सम्पूर्ण शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । मिर्मिरे अनलाई परिवार ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ