अपडेटः सिन्धुपाल्चोक पहिरोमा ३ को शब फेला,२४ अझै वेपत्ता(तस्वीर/ भिडियो )

अपडेटः सिन्धुपाल्चोक पहिरोमा ३ को शब फेला,२४ अझै वेपत्ता(तस्वीर/ भिडियो )

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

भदौ २८ बारबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएको छ । गए राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि नागपुजेको ६ घर, भीरखर्कको १२ घर र चनौटेको ८ घर गरी २४ घर पुरिएको हो ।

नागपुजे र भीरखर्कमा पहिरोले पुरीएर वेपत्ता भएका मध्य ३ जनाको शब फेला परेको छ भने २४ जना वेपत्ता छन् ।नागपुजेको श्रेष्ठ टोलका १५ जना र भीरखर्कका ९ जना गरी २४ जना वेपत्ता भएका हुन् । नागपुजेका एक र भीरखर्कका विक टोलका दुई जनाको शव भेटिएको छ ।

मृतक मध्य २ जनाको परिचय खुलेको छ । मृतक दुई जनामा शव २४ वर्षीय जुनमाया विक र ४० वर्षीय सर्कीनी प्रधान रहेकी छन ।

नागपुजेका ७० वर्षीय भक्तिमाया श्रेष्ठको शव भेटिएको प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनु भयो । नागपुजेमा स्थानीय, शसस्त्र प्रहरी, नेपाल प्रहरीले वेपत्ता भएकाको खोजी गरिरहेका छन् ।

वर्षाका कारण कच्ची सडक बन्द रहेकाले उद्धार गरिएका पाँच घाइतेको थप उपचारका लागि पठाउन समेत कठिन भएको छ ।

घटनास्थल पुगेर प्रहरीले १२ वटा घरमा पुरिएकाहरुको खोजी कार्य शुरु गरेको छ ।
यता जुगल गाउँपालिका ५ चनौटेमा गएराति पहिरोले ८ घर पुरिदा तीन जना घाइते भएका वडाध्यक्ष सनत अधिकारीले जानकारी दिनुभयो ।

पहिरो आएपछि स्थानीय भागेकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो । पहिरोका कारण ५० घर जोखिममा परेका छन् ।

भिडियाे /तस्बिर हेर्नुहाेस्

 

तस्बिर भिडियाेः जनक श्रेष्ठ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ