जन्तरे मामाको पहिलो गीत फूलैफूलको सौगात तिमीलाई सार्वजनिक(भिडियाेसहित)

जन्तरे मामाको पहिलो गीत फूलैफूलको सौगात तिमीलाई सार्वजनिक(भिडियाेसहित)

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 35.6K
    SHARES

काठमाडौं, २० भदौ । जन्तरे मामाको नामले परिचित अमित राईको पहिलो गीत ‘फूलैफूलको सौगात तिमीलाई’ सार्वजनिक भएको छ । सामाजिक सन्जालमा भाइरल भएकाे जन्तरे मामाकाे स्वरमा सजिएकाे उक्त गीत किंङ्स रेकडिङ स्टुडियाेमा रेकडिङ गरिएकाे हाे ।

गीतकाे म्युजिक भिडियाे  Goto Centre youtube channel  बाट शनिवार साझ सार्वजनिक गरिएकाे छ । ५३ वर्षकाे उमेरमा रेकड गरिएकाे उक्त गीत गोपालचन्द्र राईको शब्दमा रहेको र संगित तोरेम्पा हाङगले भरेका छन् ।  काेराेना महामारीकै बीच रेकडिङ गरेर सार्वजनिक गरिएकाे गीतले धेरै दर्शक/श्राेताकाे मन जित्ने अपेक्षा रहेकाे निर्माण पक्षले दाबी गरेकाे छ ।  गायक राई पहिलाे पटक काठमाडाैं गीत रेकडिङका लागि नै आएका हुन् ।

गायक जन्तरे मामालाई गाेपालचन्द्र राईले नै काठमाडाैं ल्याएका हुन् । ५३ वर्ष उमेरकाे भएपनि मिठाे सुमधुर स्वर रहेकाे र गाउँ/घरमा गीत गाउने गरेकाले स्टुडियाेसम्म नै ल्याएर गीत रेकर्ड गराउन सहयाेग गरेकाे गाेपालचन्द्र राईले बताए ।

अब निरन्तर गायन क्षेत्रमा रहेर श्राेता/दर्शक माझ नयाँ गीत ल्याउने साेचमा रहेकाे पनि जन्तरे मामाकाे सहयाेगीहरूले बताएका छन् ।

भिडियाे हेर्नुहाेस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी