चरम अभावका बिच मल पाउने आशामा सहकारी अगाडी लामबद्ध हजारौँ किसानहरु प्रहरीद्वारा तितरवितर (फोटो सहित)

चरम अभावका बिच मल पाउने आशामा सहकारी अगाडी लामबद्ध हजारौँ किसानहरु प्रहरीद्वारा तितरवितर (फोटो सहित)

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

चितवन , १७ भदौ ।
युरिया मलको चरम अभावका कारण किसानहरु चिन्तित बनेका छन् ।
यस्तैमा स्थानीय एक सहकारी संस्थामा युरिया मल आएको खबर सुनेपछि बुधबार बिहान मल पाइन्छकी भनेर चाडैँ लाइनमा बसेका चितवनका सयौं किसान रित्तो हात फर्कन बाध्य भएका छन्।

जिल्लामा आएको करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संस्थालाई वितरण गरिएको थियो।

बुधबार सहकारी संस्थाले वितरण गर्ने जानकारी पाएर सबेरै लाइनमा बसेका सयौं किसान आफ्नो भागमा मल नपरेपछि निरास भएर फर्किएका हुन् ।
चितवनको भरतपुर महानगरपालिका-६ गीतानगरस्थित सर्वोदय सहकारी संस्थाका सचिव होमनाथ अधिकारीले १ सय २० बोरा मल किसानलाई १० किलोका दरले वितरण गरेको बताए ।
उक्त सहकारीमा विभिन्न वडाका गरी ५ हजार बढी किसानहरु आवद्ध रहेका छन् ।

मल लिन सहकारी संस्था अगाडिको सडकमा करिब २ हजार किसान लाइन लागेका थिए भने मल नपाउने किसानलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारिएको थियो ।

आज मल पाएका किसानहरुले अर्को पटक फेरि मल पाउने कि नपाउने भन्ने विषयमा आफुहरु फेरी पीडित बन्नुपर्ने अवस्था छाउने भन्दै नाम टिपाएरमात्र फर्काउन माग गरेका थिए। यस्तो मागको विपरीत निषेधाज्ञा कार्यान्वयनका लागि खटेका प्रहरीले किसानलाई लखेटेका थिए।

सहकारी संस्थाहरुले भने थप मल आएपछि अन्य किसानहरुलाई वितरण गर्दै जाने बताएका छन्।

एक कृषी प्रधान देशमा एउटा मल उद्योग नभएको भन्दै किसानहरुले आक्रोश व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी