चर्चित हास्य कलाकार वील्सन विक्रम राई “तक्मे वुढा” द्धारा अभिनीत सुँगुरे माया बोलको म्यूजिक भिडियो सार्वजानिक भएको छ । ऐतिहासिक तथा पुरातात्विक संस्कृतिको संरक्षण र संर्बद्धनमा वर्तमानको पुस्ता र भावी संततिले बुझ्नु पर्ने विषयको म्यूजिक भिडियो सार्वजानिक भएको हो ।
गीतको भिडियोमा “सुरेन्द्र केसी ” मुलाको साग, अञ्जली अधिकारी र तक्मेबुढा लगायतले अभिनय गरेका छन् । नपत्याउने गीत तर निक्कै राम्रो म्यूजिक भिडियो सार्वजानिक भएको सो टिमले जनाएको छ । गीतको शव्द रचना गोपालचन्द्र राईले गरेका हुन् भने स्वर रुपकुमार राईको रहेको छ । यस्तै सो गीतको संगीत तोरेम्पा हाङ, र नृत्य निर्देशनमा चर्चित नृत्य निर्देशक कमल राईले गरेका हुन् ।
Takmebudha.com यू टुव च्यानलबाट सार्वजानिक गरिएको सो गीतमा गरिवीपन र पछ्यौटेपनको कारण धेरै सन्तानहरु हुने तर आर्थिक अभाव भएको कारण झर्को फर्काे हुने मायालाई सुँगुरे मायाको संज्ञा दिएको गीतकार राईको भनाई रहेको छ ।
हेर्नुस भिडियाे !