“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमै क्यान्सरका कारण निधन

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमै क्यान्सरका कारण निधन

  • शनिबार, भदौ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

१३ भदौ एजेन्सी । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ ।

क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।

दक्षिण क्यारोलिनामा जन्मिनु भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उहाँका समर्थकहरुले विश्वभरीबाट उहाँप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी