हत्या आरोपित युवाको हिरासतमै मृत्यु भएपछि स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ,स्थिती तनावपुर्ण

हत्या आरोपित युवाको हिरासतमै मृत्यु भएपछि स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ,स्थिती तनावपुर्ण

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

रौतहट , ११ भदौ ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडा स्थानीयले घेराउ गरेका छन् । गरुडाको हिरासतमा रहेका एक युवकको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त र स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

गरुडा प्रहरी कार्यालयको अवस्था अहिले तनावपुर्ण भएको छ । कार्यालय अगाडि ठूलो संख्यामा मानिसहरु जम्मा भइ धर्ना दिएका छन् । हिरासतमा कुटपिट गरी घाइते बनाएको पीडित परिवारले आरोप लगाएका छन् ।

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्याको आरोपमा पक्राउ परेका गाउँकै १९ वर्षीय विजय महराको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएपछि स्थिती तनावपूर्ण बनेको हो ।

विजयका बुवा पनिलाल महराले प्रहरीको कुटाईबाटै छोराको मृत्यु भएको दाबी गरेका छन् ।
‘छोरालाई हिरासतमा कुटपिट गरेको छ । यो प्रहरीको ज्यादती हो,’ उनले भने, ‘कुटपिटको सत्यतथ्य छानबिन हुनु पर्छ । दोषी प्रहरीलाई कारबाही हुनु पर्छ ।’

हत्याको घट्नापछि पीडित र स्थानीयले प्रहरीको अनुसन्धानमाथि शंका गर्दै आएका छन् ।
निर्दोषलाई पक्रिने र दोषीलाई उन्मुक्ती दिने काम प्रहरीबाट भएको भन्दै पीडितका आफन्त र स्थानीयले दुई दिन अघि गरुडामा प्रहरी विरुद्ध जुलुस निकालेका थिए ।

गरुडाका डीएसपी ज्ञानकुमार महतोले विजयलाई हिरासतमा कुटपिट नगरेको बताए । ‘विजयको पिसाब र दिसामा पहिलादेखि नै समस्या रहेछ,’उनले भने,‘किड्नी समस्याकै कारण उनको मृत्यु भएको हो , कुटपिटबाट होइन ।’

विजयको मृत्यु पछि गरुडास्थित प्रहरी कार्यालयमा ठूलो संख्यामा पीडितका आफन्त, महिला, स्थानीयहरु पुगेका छन् । स्थिति नियन्त्रणबाहिर जान नदिन इलाका प्रहरी र जिल्लाभरीबाट ठूलो संख्यामा प्रहरीलाई गरुडा तैनाथ पारिएको छ । बिरामी भनिएको छोरालाई गरुडास्थित अनमिनाका अस्पताल भेट्न जाँदा प्रहरीले भेट्न नदिएको भन्दै पीडित परिवार ले आक्रोश व्यक्त गरेका छन् ।

प्रहरी कार्यालय हुँदा एक पटक पनि छोरालाई भेट्न नदिएको बुवा पनिलालको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ