ईलेक्ट्रेसियन पढेका करम केराखेतीका गुरु : युवाबाट केही सिकौं

ईलेक्ट्रेसियन पढेका करम केराखेतीका गुरु : युवाबाट केही सिकौं

  • मङ्लबार, भदौ ९, २०७७
  • डम्मर राज भट्ट

  • 19.9K
    SHARES

कञ्चनपुर, ९ भदौँ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ताका करम सिह रानाले २०५५ सालमा एसएलसी उर्तिण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उर्तिण गरेका करम संगैका साथिभाई कोही महेन्द्रनगर, धनगढी, काठमाण्डौँ, कोही भारततिर उच्च शिक्षा अध्ययनका लागि हिडे तर, उनी जिल्ला बाहिर गएनन् ।
जब गाँउमा विद्युतीकरण नै नभएको अवस्थामा करम सिहले प्राविधिक बन्नका लागि ईलेक्ट्रिसियन तालिम लिए, पछि थ्रि फेजको तालिम समेत लिएर गाउँमै विजुलीको पसल थापे । सिटिईभिटीईबाट संचालित ईलेक्ट्रिसियन तालिम लिएका करम अहिले फरक पेशामा रमाईरहेका छन् । जस्तो नाम कर्म पनि त्यस्तै गर्दा उनी डेढ दशककै अवधिमा सुदूरपश्चिमका सफल केरा उत्पादक किसान बनेका छन् । करम ०६२ सालदेखि केरा खेतीमा जुटेका छन् ।
राना थारु केरा फर्म नर्सरी तथा प्रशोधन केन्द्र स्थापना गरेर करमले अहिले बेलारीमा १८ विगाहमा केरा खेती गरेका छन् । जि–९ प्रजातिको केराखेती गरेका करमले आफ्नै खेतमा चार चार विगाह र साढे १३ विगाह जमिन भाडामा लिएर केराखेती गरेका छन् ।
‘केरा खेतीका लागि उचो पानी नजम्मे खेत चाहिन्छ, ‘उनले भने, ‘हामीले एकमुष्ठ धेरै जमिन पाईदै पाईदैन् ।’
साढे चार विगाह जमिनमा २०÷२५ लाखको कारोबार गर्दै आएका करमले साढे १३ विगाह जमिनमा ७०÷८० लाखको कारोबार हुने बताए । ‘केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि निरन्तर केरा खेती गर्दै आएको हुँ, ‘उनले भने, ‘गरे के नै हुँदैन् ।’ केराखेती शुद्ध कोचो पेशा भएको बताउँदै उनले अन्य पेशा जस्तो बदमामित पेशा नभएको बताए । ‘केरा जन्मेदेखि मृत्युसंस्कार सबै काम र स्वास्थ्यायका लागि चाहिन्छ, ‘उनले भने, ‘केराका थुप्रै उपभोक्ता छन् ।’
भारतबाट आउने केराले नेपाली केरा किसानलाई चुनौती दिएको बताउदै उनले भारतमा किसानलाई अनुदान लगायतका थुप्रै सुविधा दिदा भारतीय किसानले सस्तोमा नेपालमा केरा बेच्दै आएको बताए ।
‘भारतमा बाह्रै महिना केरा खेती हुन्छ, ‘उनले भने, ‘नेपालमा फागुन, जेठ र असारमा मात्रै केराखेती गरिन्छ ।’ तापक्रमका कारण पनि नेपालमा एक बर्षमा एक पटक मात्रै केरा उत्पादन गर्न सकिने बताए । ‘नेपालमा पनि बाह्रै महिना केराखेतीका लागि वातावरण सिर्जना गर्नुपर्छ, ‘उनले भने, ‘यसो गर्दा पनि नेपाली किसानलाई लाभ हुन्छ ।’


बजारको माग अनुसार केरा उत्पादन गर्न नसकिएको बताउदै उनले केराखेतीका लागि सरकारले पनि किशानलाई उत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने बताए ।
लकडाउनले पनि केराखेतीमा समस्या देखिएको बताउदै उनले केराखेतीका लागि सरकारले अनुदानको प्रबन्ध मिलाउनुपर्ने बताए । ‘मैले रोजेको पेशामा सन्तृष्ठ छु, ‘उनले भने, ‘श्रम र मेहनत नगरे केही हुँदै्रन ।’
हरेक पेशामा संघर्ष रहेको बताउदै उनले सफलताका लागि मेहनत गर्नुपर्ने उनको भनाई छ । कैलाली कञ्चनपुरमा उत्पादन भएका केरा स्थानीय बजारमा खपत भईरहेको बताउदै उनले थप केरा उत्पादनतर्फ युवालाई आकर्षित गराउनुपर्ने सुझाव छ । नयाँ केराखेती गर्ने किसानलाई करमले उत्प्रेरित र केराखेतीमा सघाउने गरेका छन् । करम जस्तै अन्य युवाले पनि केराखेतीमा जुटे आत्मनिर्भरका साथै आर्थिक कृयाकलाप बृद्धि हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी