विद्यार्थी लागि नेपाल टेलिकमको ह्यापी लर्निङ प्याक

विद्यार्थी लागि नेपाल टेलिकमको ह्यापी लर्निङ प्याक

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कोरोना भाईरस( कोभिड -१९ ) कारणले सिर्जित महाविपत्तीको अवस्थामामुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानकाकार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच एक सम्झौता भएको छ ।
शिक्षामन्त्रालयमा सोमबार आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारी र विश्व विद्यालय अनुदान आयोगका प्रमुखप्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेलबीच सम्झौता सम्पन्न भएको हो ।

वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका “Guidelines for Facilitating Alternative Mode of Learning in Higher Education-2077″लाई मध्यनजर गरी सो सम्झौता भएको हो । नेपाल टेलिकम र विश्व विद्यालय अनुदान आयोगको विशेष सक्रियतामा सम्पन्न सो सम्झौता बमोजिम मुलुकका सबै विश्वविद्यालय र तीअन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पीलर्निङ प्याक उपलब्ध गराउने छ ।

सो प्याकेज अन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबीडाटाउपलब्धहुनेछ । २४ जीबीडाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिट मा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नकालागि र बाँकी ४ जीबीडाटाअन्यकुनैपनिएप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबीडाटामध्ये ३० जीबीडाटामाथिउल्लिखितजुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नकालागि र बाँकी ५ जीबीडाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

ह्याप्पीलर्निङ प्याक नेपाल टेलिकमले प्रदानगर्ने जीएसएममोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्तहुने कुनैपनि समयमाप्रयोग गर्न सकिने छ । यीदुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

यो प्याकेज प्रयोग गर्नकालागिविद्यार्थी, प्राध्यापकवा अनुसन्धानकर्ताहरुले आजैकामितिदेखि edupack@ntc.net.npमा इमेल पठाउन सक्नु हुनेछ ।

सो समारोहमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने प्रयास चुनौतीहरुको सामनागर्दै चाँडै कार्यरुपमा उत्रन लागेको बताउनु भयो । मुलुकको उच्चशिक्षाको व्यवस्थापनगरिरहेको आयोग र अत्याधुनिक दूरसञ्चार सेवाप्रदानगरिरहेको टेलिकमबीचभएको यो सम्झौताले विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले किफायती मूल्यमा प्रविधिको प्रयोगबाट शिक्षा र ज्ञानआदानप्रदान गर्नसक्ने उल्लेख गर्नुभयो ।

यसैगरी सो अवसरमा आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले जस्तोसुकै संकटको अवस्थामा पनि मुलुकको शैक्षिक कार्यक्रमहरु नरोक्न र सहजरुपले सरल मूल्यमा पठन पाठन र अनुसन्धानका कामहरु जारी राख्न यो सम्झौताले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विषम अवस्थामा मुलुकको शैक्षिक वातावरण सहजबनाउन कम्पनीले सक्नेसम्म सबै कार्यहरु गर्ने उल्लेख गर्दै यसलाई कम्पनीले राष्ट्रियदायित्वको रुपमालिएको बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ