रामकुमार कार्कीको नयाँ गीत ‘म त लाहुरे’ बजारमा(भिडियो सहित)

रामकुमार कार्कीको नयाँ गीत ‘म त लाहुरे’ बजारमा(भिडियो सहित)

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.7K
    SHARES

काठमाडौं ।
चर्चित युवा गायक रामकुमार कार्कीको नयाँ लोक गीत ‘म त लाहुरे’ बजारमा आएको छ । गायक कार्कीको आफ्नै‌ युटुब च्यानलबाट उक्त गीत रिलिज गरिएको हो ।
घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी हाम्रै हो जस्ता चर्चित गीत बजारमा ल्याइसक्नुभएका कार्कीको नयाँ मौलिक गीत ‘म त लाहुरे’मा राम कुमार पौडेलको लय शब्द संगित रहेको छ ।
गीतमा स्वर रामकुमार कार्की र कमला खड्काले स्वर दिएका छन् । म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, रामचन्द्र बोहरा, रुपेश दानी, सुजन थापा र प्रेम खड्कालगायतको अभिनय रहेको छ ।
भिडियोको निर्देशन बिक्रम चौहान, छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । रामेछापका युवा कलाकार रामकुमार कार्की नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि बिगत निकै लामो समय यता क्रियासिल छन् । उनले  एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा ल्याइरहेका छन् । कार्कीका हरेक गीतहरुमा आफ्नै कला संकृति र मौलिकता पाईन्छ ।

भिडियो हेर्नुहोस :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी