कोरोना लागेर नेपाली काङ्ग्रेस जिल्ला उपसभापति गिरीको को मृत्यु

कोरोना लागेर नेपाली काङ्ग्रेस जिल्ला उपसभापति गिरीको को मृत्यु

  • मङ्लबार, भदौ २, २०७७
  • रबिन्द्र यादव

  • 14.9K
    SHARES

२ भदौ नवलपरासी । कोरोनाबाट भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ । नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय उपसभापति शुभाषचन्द्र गिरीको कोरोनाको कारण निधन भएको हो ।

उनी नेपाली कांग्रेसमा समायोजना हुँदा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट आएका थिए ।

केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडिमात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

उनको पित्तथैलीको अप्रेशन भैरहवा मेडिकल कलेजमा भएको थियो । अप्रेशन गरेर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको थियो । त्यहाँबाट हेलिकोप्टरबाट काठमाडौं आउन खोज्दा हेलिकोप्टरसमेत नपाएको पारिवारिक स्रोतले बताएको छ ।

त्यसैगरी एम्बुलेन्ससमेत नपाएपछि नवलपरासीबाट एम्बुलेन्स मगाएर काठमाडौं आएका थिए ।

उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा ल्याइएको थियो । तर भदौ १ गते सोमबार भेन्टिलेटरमा राखिएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो भने आजै आर्यघाट काठमाडौमा साझ ६ बजे प्रशासनले अन्तिम दाहसंस्कार गर्ने प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ