बीरगञ्जमा निषेधाज्ञा कडा गर्न आजबाट सडकमा सेना परिचालन

बीरगञ्जमा निषेधाज्ञा कडा गर्न आजबाट सडकमा सेना परिचालन

  • आइतवार, साउन ३२, २०७७
  • दिपक चौरसिया

  • 20.5K
    SHARES

साउन ३२ बीरगञ्ज । कोरोनाको हटस्पट बन्दै गएको पर्साको बीरगञ्जमा जारी निषेधाज्ञा आजबाट थप कडाई गरिने भएको छ । यसका लागि आजबाट सडकमा सेना परिचालन गरिएको छ ।
कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, लगायत सर्वसाधारण संक्रमित हुने क्रम बढीरहेको छ भने मृत्यु पनि सबै भन्दा बढी पर्सामै भएको छ ।
साउन ३१ गते बिहानसम्म कोरोना संक्रमितको संख्या १२ सय नाघिसकेको छ।

वीरगन्जमा नारायणी अस्पतालको मातहत दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन्। गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत छन्। तीमध्ये १० जना आईसीयूमा छन्। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा १०३ जना संक्रमित भर्ना भएका छन्। तीमध्ये २६ जना आईसीयूमा छन्। नारायणी अस्पतालको आइसोलेसनमा पाँचजनाको उपचार भइरहेको छ। यसबाहेक वीरगन्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतमा सञ्चालित सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ। ३७४ जना संक्रमित भने होम आइसोलेसनमा छन्। संक्रमितमध्ये ८० प्रतिशत लक्षणसहितका बिरामी छन्। ३६ जना आईसीयूमा छन्। आईसीयूमा राखिएका बिरामीको त्यति धेरै जटिल अवस्था छैन। तर उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।


सुरुवाती दिनमा लक्षण नभएका बिरामी मात्र थिए। तर ८० प्रतिशतभन्दा बढीमा लक्षण देखिने गरेको छ। त्यसकारण पछिल्लो समय यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको हो कि अथवा अलि कडा खालको भाइरस आएको हो कि भन्ने आंशंका छ। मृत्युको कारण कोरोना मात्र नभई अन्य दीर्घरोगले पनि भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ