फोक्सो क्यान्सर पिडीत सञ्जय दत्तले सडक-२ को काम सकेपछि मात्र ब्रेक लिने

फोक्सो क्यान्सर पिडीत सञ्जय दत्तले सडक-२ को काम सकेपछि मात्र ब्रेक लिने

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

एजेन्सी ।
बलिउड अभिनेता सञ्जय दत्तलाई हालै फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएको छ। उनी क्यान्सरको उपचार गर्न चाँडै आफ्नो कामबाट ब्रेक लिने तयारीमा रहेका छन्।
समाचार स्रोतका अनुसार सञ्जय फिल्म सडक-२ को डबिङको अलिकति काम सकेर मात्र ब्रेक लिने बताएको छ ।

गत साता सञ्जयलाई श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका थिए। केही दिनमै उनी डिस्चार्ज पनि भए। अस्पतालबाट घर आएपछि उनले आफ्ना शुभचिन्तकहरूलाई आफ्नो बारेमा धेरै चिन्ता नलिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए।

सञ्जयले हालसम्म आफ्नो रोगका बारेमा आधिकारिक जानकारी भने दिएका छैनन् ।
उनकी श्रीमती मान्यता दत्तले भने सञ्जय सधैं दुःखमा लड्ने र विजयी हुने मान्छे भएको भन्दै धेरै अफवाहहरूमा ध्यान नदिन बताएकी थिइन्। सञ्जय दत्तकी श्रीमती मान्यता दत्त निर्माता पनि हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी