भारतमा रहेका नेपालीलाई स्वदेश फर्कन यी दश नाका खुल्ला

भारतमा रहेका नेपालीलाई स्वदेश फर्कन यी दश नाका खुल्ला

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 44.3K
    SHARES

साउन २८ काठमाण्डौं । भारतमा रोजगारीका लागि गएका र विभिन्न कारणले रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले दश वटा नाका तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनेहरुका लागि १० जिल्लामा प्रवेश विन्दु तोकिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकेको प्रवेश विन्दुहरुमा झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गैरीफान्टा र कञ्‍चनपुरको गड्डाचौकी छन् ।

सरकारले ती बाहेकका नाकाबाट प्रवेश गर्ने गराउने गरेको पाईए कार्बाही गर्ने पनि सरकारका प्रवक्ता सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
यस अघि कोरोना भाईरस संक्रमण नफैलदै नेपालीलाई स्वदेश आउन रोकिएको थियो ।
पछि लुकीछिपि बाध्य भएर स्वदेश फर्किएका वा पछि सरकारले खुल्ला गरे पछि लाखौको संख्यामा स्वदेश फर्किसकेका छन् ।
अझै लाखौ नेपालीहरु भारतमा रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी