गोंगबु : सगैँ रक्सी खाए पछि औषधी खुवाएर बेहोस् बनाई हथौडाले अण्डकोषमा हानेर कल्पनाले बोहरालाई मारेको खुलासा

गोंगबु : सगैँ रक्सी खाए पछि औषधी खुवाएर बेहोस् बनाई हथौडाले अण्डकोषमा हानेर कल्पनाले बोहरालाई मारेको खुलासा

  • मङ्लबार, साउन २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 38.3K
    SHARES

काठमाडौँ साउन २७ । गोंगबुमा शुरुमा टाउको झोलामा शरीर सुटकेसमा राखिएको अवस्थामा फेला परेका कृष्णबहादुर बोहरालाई मार्ने प्रमुख योजनाकार कल्पना मुडभरी पौडेल भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको र नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको स्वीकारेकी छन् ।
आज प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।
खास गरी पहिले देखि सम्बन्ध रहे पनि बोहराले कल्पनाको नांगो फोटो फेसबुकमा राखे पछि आक्रोसमा आएकी कल्पनाले बोहरालाई योजना बनाएर हत्या गरेको प्रहरीले बताएको छ ।

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भए । त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनलाई मारेको खुलेको छ । हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखिन् ।
उनी त्यो शब फ्याके पछि एम्बुलेन्स चढेर चितवन माईत गएकी थिईन् । उनलाई प्रहरीले हिजो चितवनबाट पक्राउ गरेको थियो ।
बोहरालाई मारेर आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयान दिएकी छन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । बोहरा काठमाण्डौमा एक्लै बस्दै आएका थिए ।
मंगलबार बिहान साढे १० बजे महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत्यासम्बन्धी विवरण सार्वजनिक गर्दे छ । ती महिलालाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको तालिम प्राप्त कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर पर स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ