लकडाउन बिचमै सिरहामा एक हजार बढी नयाँ उद्योग दर्ता

लकडाउन बिचमै सिरहामा एक हजार बढी नयाँ उद्योग दर्ता

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

सिरहा , २१ साउन । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनकौ अवस्थामा पनि एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ ।
नयाँ दर्ता भएका उद्योग मध्य सेवा , कृषि तथा वन्यजन्तु र उत्पादन क्षेत्रको उद्योग रहेको छ । जसमध्य ५३० सेवा , ४९० कृषि तथा वन्यजन्तु र १२७ उत्पादन उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ ।

गत आव २०७५/७६ मा झन्डै पन्ध्र सय उद्योग दर्ता भएको थियो । जसमध्ये १९१ वटा उत्पादनमूलक, ७४० वटा सेवामूलक र ५५८ वटा कृषि तथा वनजन्यगरी एक हजार ४९१ वटा नयाँ उद्योग दर्ता भएको थियो ।
सिरहामा बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेपछि कृषि तथा वनजन्य उद्योग खुल्ने र दर्ता हुनेक्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय लहान प्रमुख यादवको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी