रुँदा रुँदै गीत सार्वजानिक पछि गोतो मिडिया र गायकको विबाद(हेर्नुस गीतको भिडियो)

रुँदा रुँदै गीत सार्वजानिक पछि गोतो मिडिया र गायकको विबाद(हेर्नुस गीतको भिडियो)

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

रुँदा रुँदै हाँसेको वोलको गीत सार्वजानिक भएको दुई हप्ता नवित्दै विबादमा आएको छ । यो गीतलाई साढे दुई लाख भन्दा बढी श्रोता तथा दर्शकले मन पराएपछि गोतोे मिडिया सेन्टरले फिमेलको भोकल गर्न लागेपछि गायक आक्रोशित बनेका हुन् ।

गायक सागर संसार यतिवेला जन्मथलो गाउँ खोटाङमा बसोवास गरिरहेका छन् । मोफसलमा बसोबास गरेको कारण पाखा लगाउन नहुने सागरको तर्क छ । उता गोतो मिडिया सेन्टरका कार्यकारी निर्देशक तोरेम्पा हाङ्ले गीतकार सँग सामान्य छलफल गरेको कारण हामीले पुनः रेकर्ड गर्ने कि भनेका हौं । उहाँले हुन्छ भन्ने हाउभाउ देखाउनु भएको कारण यो गीतलाई अझ महिलाको स्वरमा आम दर्शक र श्रोताहरुको माझ पुर्याउन प्रतिलिपी अधिकारी लिन लागेको बताउनु भयो । तर सागर संसारले भने– “यो गीतको भिडियो लाई नयाँ ढंगबाट पुनः छाँयाङ्कन गरेर जानुस त्यसमा मेरो कुनै आपत्ति छैन तर मेरो स्वरलाई नै डिलिट गरेर फिमेल भोकलमा जाँदा मेरो प्रतिभा आम श्रोताले कसरी देख्ने ? मेरो साँङ्गीतिक क्षेत्रमा यो ठूलो धव्वा हुन्छ कि भन्ने मेरो डर मात्र हो । अरु त केहि छैन ।”

यस विषयमा गीतकार गोपालचन्द्र राईले आन्तरिक विषयलाई यति ठूलो प्रपोगण्डा नबनाउन कम्पनीका साथीहरु र गायकलाई अनुरोध गरे । उनले भने–“सँगै बसेर समस्याको समाधानमा पो जाने त के को मिडियाबाजी गर्ने ? यसले सांगीतिक क्षेत्रमा नै असर पर्छ । गलत नजिर स्थापित हुन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी