चर्चाका लागि अनेक थोकले काम गरेको हुन्छ । कोही साना साना कामहरुबाटै भाईरल भईदिन्छन् कोही भाईरल हुनै अनेक थोक सिर्जना गरिदिन्छन् ।
तर गायत तथा एरेन्जर सागरमा त्यो विलकुल देखिदैन । अहिले गायक तथा एरेञ्जर सागर संसार राई यतिवेला जन्मथलो गाउँ खोटाङमा बसोवास गरिरहेका छन् । खोटाङको दोर्पा बुवासुङ घर भएका सागर संसारले खोटाङ जागरण बाट सांगीतिक क्षेत्रमा उदायएका थिए ।
सुङ्नीमा आइडल २०६९ मा प्रथम्, यलम्वर आइडल २०७० मा प्रथम्, रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता २०७१ मा सेकेण्ड र प्रेम गीत प्रतियोगिता २०७२ मा प्रथम भएका थिए । यस्तै रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गायन प्रतियोगिता २०७२ मा समेत सेकेण्ड भएका थिए । गायक सागर संसारले करिव ६ दर्जन भन्दा बढी गीत भएका छन् भने एक दर्जन भन्दा बढिको एरेञ्ज समेत गरिसकेका छन् । प्रेम गीत २ मा स्वर दिइसकेका सागरले हङ्कङ, सिङ्गापुर, मलेसिया, कोरिया लगायतको देशहरुमा सांगीतिक कार्यक्रममा समेत सहभागीता जनाइसकेका छन् ।

२०६८ सालमा “कता कता देखे जस्तो” बोलको पहिलो गीत रेकर्डिङ गरेको सागरले त्यसपछि झण्डै ६ दर्जन भन्दा बढि गीतमा स्वर दिइसकेका छन् । “त्यसरी अधिकांस कलाकारहरुले गीत गायकी बाट जीवन चलाउन गाह्रो हुने गरेको सागर बताउछन् । बरु आधुनिक कृषि तालिम लिएर गाउँमै कृषि फारम संचालन गर्ने सोच बनाएको बताउछन् । तर गीत संगीतलाई भने यहि गाउँबाट अगाडी बढाउने सोचमा रहेको बताउछन् ।”

“वसन्तले कोल्टे फेर्दा, गुराँस फुल्यो पातझरी ।
एउटै पीडा भित्र डुबि, दुवै रोयौ रात भरी ।।”
यो गीत गत २०७१ मा रेडियो नेपालमा दोस्रो भएको थियो । त्यस पछि उनले फेरी २०७२ सालमा पनि भाग लिएका थिए ।
“रुँदाँ रुँदै हाँसेको मान्छे, हाँस्दा हाँस्दै रोएँको मान्छे ।
बाहिर सफा देखिन्छु तर, भित्र भित्रै कुहेको मान्छे ।।”
सागर भन्छन् –“यो २०७२ सालमा सेकेण्ड भएको गीतलाई रेडियो नेपालले रेर्कडिङ नगरेपछि रचनाकार गोपालचन्द्र राईले किङ्स रेकर्डिङ स्टुडियोमा रेकर्डिङको चाजोपाजो मिलाई दिएपछि म घर फर्किका थिए । अहिले म गाउँमा छु । त्यति नेट पनि चल्दैन । विजुली बत्ती पनि झनै हुदैन । रुँदा रुँदै हाँसेको मान्छे बोलको गीत यूटुव मा आएको देखेर खुशी लागेको छ । धेरै स्रोताहरुले मनपराई दिनु भएको छ । सबैलाई धेरै धेरै धन्यवाद ।”

न्यास्रो हुँदै सागर थप्छन्–“यो रुँदा रुँदै भन्ने गीत नारायण गोपाल, भक्तराज आचार्य आदि अग्रजहरुले गाउने स्टायलको गीत हो । सायद यस्तो गीत अहिलेको पुस्ताले त्यति धेरै सुन्न त मन पराउनु हुन्न होला तर यस्तै प्रकारको गीतले मात्र हरेक मान्छेको मन÷मक्थिक्स्कमा बस्न सक्छ । सरकारले एक दिन साँगीतिक क्षेत्रको रोयल्टी लाई कडि कडाउले कार्यन्वयनमा ल्याउन सक्छ र त्यसबाट सर्जकहरु सहजै बाँच्न सक्ने छ । कसैलाई पनि कलाकारिता क्षेत्रमा दुःख हुन्न ।”

एउटा प्रतिभाशाली गायक र एरैन्जरलाई सम्मान गर्नु , संरक्षण गर्नु सबैको दायित्व हो किन भने कलाकार राष्ट्रका गहना हुन् ।
सागरको गीत “रुँदाँ रुँदै हाँसेको मान्छे, हाँस्दा हाँस्दै रोएँको मान्छे हेर्नुस्