काठमाण्डौ छिर्ने मुख्य मार्ग अबरुद्ध, मौवाखोला पुल क्षति, ठाँउ ठाँउमा पहिरो

काठमाण्डौ छिर्ने मुख्य मार्ग अबरुद्ध, मौवाखोला पुल क्षति, ठाँउ ठाँउमा पहिरो

  • मङ्लबार, साउन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 30.1K
    SHARES

साउन ६ धादिङ । देशभर अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेको छ भने ठाँउ ठाँउमा पहिरो खसेको छ । मौवाखोला पुलमा क्षति भएका कारण गाडी चल्ने अवस्था रहेको छैन । पुलमा थप जोखिम बढेको स्थानीयले बताएका छन् ।
अहिले आवागमन पूर्ण रुपले ठप्प भए पछि काठमाण्डौ छिर्ने सबै सवारी साधनहरु बाटैमा रोकिएका छन् ।
मौवाखोलाले तीन वटा घर समेत बगाएको स्थानीयले बताए । यस्तै बाँदरे भीरमा रोकिराखिएका गाडी नै पहिरोले बगाएर त्रिसुली नदी किनारमा पुर्याएको छ ।

घटनामा कुनैपनि मानविय क्षति नभएको प्रहरी जानकारी दिएको छ। गएरातिदेखिको अविरल वर्षाको कारण धादिङको २ दर्जन भन्दा बढी ठाउँहरु पहिरो गएको छ । पहिरोमा परि स्थानीय निरुता परियारको मृत्यु भएको छ।

त्यस्तै मलेखु धादिङको कालुपाण्डे राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पुर्ण रुपमा बन्द भएको छ। सबै ठाउँको पहिरो हटाएर सवारी आवागमन सहज बनाउन लगातार परिरहेको पानी र खसिरहेको पहिरोले समस्या भएको प्रहरीले जनाएको छ।
बर्षा अझै जारी रहने भएकाले राजधानी छिर्ने मुख्य राजमार्ग खुल्न केही समय लाग्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ