भदौ १ देखि हवाइ यातायात सञ्चालन गर्ने सरकारको निर्णय ,आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान हुने

भदौ १ देखि हवाइ यातायात सञ्चालन गर्ने सरकारको निर्णय ,आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान हुने

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 47.3K
    SHARES

काठमाडौँ , ५ साउन ।कोरोना महामारीका कारण गत चैत देखी लकडाउन भएसगै स्थगित भएको हवाइ मार्ग आगामी भदौ १ गतेदेखि खुल्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल कार्यविधि भने मन्त्रालयले तयार पार्नेछ ।

कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।

आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान भने गत चैतदेखि नै बन्द भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी