महिलाहरुको महान पर्व तीज नजिकिएसँग बजारमा थुप्रै गीतहरु आएका छन् । यसैक्रममा मुना मगरले पनि ‘कोही माग्न आउँदैन्’बोलको तीज गीत ल्याएकी छिन् ।
उक्त गीत युट्युबमा सार्वजनिक भईसकेको छ । गीतमा मुना मगरको शब्द, संगीत, स्वर तथा भिडियोमा अभिनय हेर्न सकिन्छ। गीतलाई डोलराज बाह्रघरे मगरले एरेञ्ज गरेका हुन्।
विजय तिखातरीको निर्देशन रहेको गीतको भिडियोमा मुनाका साथमा कलाकार रामचन्द्र अधिकारी (गोप्ते काजी), विद्या कार्की, खिम कुमारी जैसी, बसन्ती सुनारी मगर लगायतको अभिनय छ। नरेन्द्र पुनले निर्माण गरेको भिडियोलाई टंक केसीले छायांकन गरेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline