रामकुमार कार्कीको नयाँ गीत “म त लाहुरे” भिडियाेसहित छिट्टै बजारमा आउदै

रामकुमार कार्कीको नयाँ गीत “म त लाहुरे” भिडियाेसहित छिट्टै बजारमा आउदै

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

काठमाडौं, ३ साउन । चर्चित युवा गायक रामकुमार कार्कीको “म त लाहुरे” बोलको नयाँ गीत बजारमा आउदैँ छ । गीतको म्युजिक भिडियो समेत तयार भईरहेको निर्माण पक्षले जनाएको छ ।
नेपालको भूमि कालापानीमाथि भएको भारतीय हस्तक्षेप बिरुद्ध पनि ससक्त रुपमा आवाज उठाएका गायक कार्कीले आफ्नो नयाँ गीतमा पनि बाध्यताले लाहुरे हुनुपरेका नेपाली युवाको कथा समेटेका छन् ।
उनले यसअघि कालापानी हाम्रै हो भन्ने राष्ट्रवाटी गीतबाट नेपालीको मन जितेका छन् । जुन गीत हरेक नेपालीको मुखमा भुण्डिने गरेको छ ।
नेपाली लोक गीतको क्षेत्रमा उनले लामो समयदेखि योगदान गरिरहेका छन् । “म त लाहुरे” गीतमा रामकुमार कार्की र कमला खड्काको स्वरमा रहेको छ । यो गीतको म्युजिक भिडियो आगामी भदौ ७ गते युटुवमार्फत सार्वजनीक गर्ने तयारी रहेको कार्कीले बताए । गीतको लय शब्द रामकुमार पौडेलको रहेको छ ।
“म त लाहुरे” गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी, रामचन्द्र बोहरा, सुजन थापा, रुपेश दानी, प्रेम खड्का लगायतले अभियन गरेका छन् ।
भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् ।
रामेछापका युवा कलाकार कार्कीको ’कालापानी हाम्रै हो’ बाहेक ’अब त गाउँ मै गइन्छ’, ’घर त मेरो रामेछाप जिल्ला’, ’कोइली चरी’, , ’कलियुगका केटि’, लगाएतका दर्जन हाराहारी गीतहरु बजारमा आईसकेका छन् । उनका हरेक गीतलाई दर्शक तथा श्रोताहरु रुचाउने गरेका छन् ।
कार्कीले नयाँ गीत कस्तो छ भन्ने बारेमा धेरै नखुलाएपनि सबैको मन जित्ने र फरकपन लिएर आएको बताएका छन् ।

यस्ताे छ गीतकाे कभर 

Image may contain: 6 people, text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी