मेलम्ची खानेपानीको बाँध नै फुट्यो, पानीले बगाएर इन्जिनियर र गाडी चालक वेपत्ता

मेलम्ची खानेपानीको बाँध नै फुट्यो, पानीले बगाएर इन्जिनियर र गाडी चालक वेपत्ता

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 64.9K
    SHARES

सिन्धुपाल्चोक असार ३० । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित सुरुङको बाँध फुटेर पानीले बगाउँदा २ जना आयोजनाका कर्मचारी बेपत्ता भएका छन् भने दुई जना घाईते भएका छन् । आज दिउसो गेटको बाँध फुटेको थियो ।

घाइते हुनेहरु साइट इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन् ।

सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ भने घाईतेहरको उपचार भईरहेको छ । घाईते दुबै जनालाई हेलिकप्टर मार्फत काठमाण्डौको ग्रान्डी अस्पतालमा ल्याएर उपचार भईरहेको ईन्जिनियर राजेन्द्र पन्तले जानकारी दिए ।
अन्य दुई जना वेपत्ताको खोजी भईरहे पनि अहिले सम्म फेला पर्न नसकेको पनि पन्तले बताए । पानी परीक्षणको क्रममा यो दुर्घटना भएको पन्तले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ