नयाँदिल्ली, २८ असार । बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छाेरी आराध्या पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।
यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए ।
यसअघि सासु जयालाइ पनि संक्रमणा भएकाे बताइएपनि उनकाे नेगेटिभ रिपाेट आएकाे पुष्टि भएकाे छ ।
ताेपले सुरूमा गरेकेा ट्वीट नै डिलिट गरेकाे बीबीसीले जनाएकाे छ । ऐश्वर्या र छाेरीको कोरोना रिपोर्ट आइतबार आएको हो । यससँगै बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।