किसानलाई व्यावसायिक बनाउँदै पशुसेवा कार्यालय

किसानलाई व्यावसायिक बनाउँदै पशुसेवा कार्यालय

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

दैलेख, २३ असार । कर्णाली प्रदेश सरकारअन्तर्गत सञ्चालनमा आएको पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले किसानलाई व्यावसायिक पशुपालनतर्फ अग्रसर बनाउने अभियान शुरु गरेको छ । परम्परागतरुपमा पशुपालन गर्दै आएका नारायण नगरपालिकाका किसानलाई प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा १२० भैँसी वितरण शुरु गरिएको छ ।
नारायण– ३, ४, ५, ६, ७ र ११ का भँैसीपालक किसानलाई उन्नत भैँसी वितरण गरिएको हो । पहिलो चरणमा ६० भैँसी वितरण गरिसकिएको छ । करीब र एक लाख परेको एउटा भैँसीका लागि किसानले रु दश हजार मात्र लगानी गर्नुपर्ने प्रावधान छ ।
“बाबुबाजेको पालादेखि नै भैँसीपालन गर्दै आएका हौंँ, यसपालिदेखि व्यावसायिक र उन्नत भैँसी पालनका लागि सरकारले भैँसी प्रदान गरेको छ । हामीलाई निकै खुशी लागेको छ । अब दूध बिक्री गरेर सहजै आम्दानी गर्छौँ”, नारायण नगरपालिका –७ का जङ्गबहादुर महताराले बताउनुभयो ।
कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापाको सांसद विकास कोषको रु ४० लाख, नगरपालिकाको रु ४० लाख र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशु अस्पताल कार्यालय दैलेखको रु एक करोड लगानी गरेर दुग्ध उद्योग सञ्चालनसमेत गरिने भएको छ । किसानले उत्पादन गरेको दूध बिक्रीवितरणका लागि राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाले समन्वय गर्ने भएको छ ।
नगरपालिकाका गरीब एवं विपन्न किसानको आर्थिक अवस्था सुधार गर्नका लागि र तिनलाई व्यावसायिक पशुपालनमा अग्रसर गराउन चालु आवदेखि यस्तो अभियान थालिएको नगर प्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।
पशु अस्पतालका कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले व्यावसायिक किसान तयार गर्ने अभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । किसानले ल्याएको दूध गैरसरकारी संस्थाले खरीद गर्ने र १५ दिनको एक पटक चेकमार्फत पैसा भुक्तानी गरिने व्यवस्था गरिएको विष्टको भनाइ छ ।
किसानले उत्पादन गरेको दूध सहकारीले खरीद गरिदिने छ । हरेक १५ दिनमा किसानको बैँक खातामा रकम जम्मा हुने छ । जिल्लामा खपत हुन नसके छिमेकी जिल्ला सुर्खेत र बाँकेसम्म दूध बिक्री गर्नेगरी दीर्घकालीन योजना निर्माण गरिएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैलेखका अध्यक्ष खमबहादुर थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी