५८ बर्ष पछि चीन र भारतका सेना आमनेसामने भएर रक्तपातपूर्ण रुपमा भीडे जुन १५, २०२० मा । जसमा कर्णेल सहित २० भारतीय सेनाले ज्यान गुमाए भने १० जनालाई चीनले नियन्त्रणमा लिएर तीन दिन पछि रिहा गर्यो । चीन तर्फ पनि हताहती भएको भनिएको छ तर विवरण चीनले खुलाएको छैन । यसबीचमा चीन र भारतले एक अर्कालाई दोषारोपण गरीरहेका छन् । सीमा क्षेत्रमा लडाकु विमान, हेलिकप्टर, सैनिक संख्या बढाउने, युद्ध अभ्यास गर्ने क्रम चलिरहेको छ । मानौँ यस्तो लाग्छ कि चीन र भारतबीच अब भीषण युद्ध हुन सक्छ । सयुक्त राष्ट्रसंघ, अमेरीका, रुस आदिले यसमा चासो दिईरहेका छन् ।
तर के यो परिस्थितिले एउटा बिशाल युद्धको परिकल्पना गर्न सकिन्छ दक्षिण एशियाको हिमालय क्षेत्रमा ? यदी युद्ध भयो भने त्यसका संभावित परिणामहरु के हुन सक्छ ? यो सामान्य पुर्वानुमान या आकंलनको बिषय हो तर तथ्याकं र बस्तुगत धरातलको अध्ययन गरेर हेर्दा तत्काल युद्धको संभावना कम देखिन्छ । तर यदी युद्ध भयो भने यसले भारत र चीनको ४० हजार ५६ किलो मिटर बोर्डरमा मात्रै हैन अन्तराष्ट्रिय स्तरमा नयाँ संकट र समीकरण पैदा गर्ने छ । तर त्यो भीडन्त पछि प्रधानमन्त्री मोदीले राखेको सर्बदलीय बैठकमा स्वयं मोदीले चीनको सेना भारतीय सीमाभित्र प्रवेश नगरेको, सेनाको पोष्ट कब्जा नगरेको भनेर दिएको बयानले स्पष्ट हुन्छ कि लद्धाख तनाव पछि भारत थप सैन्य संघर्षको विकल्पमा छैन , उ बाध्यात्मक स्थितिमा मात्रै संघर्ष गर्ने मनशायमा छ । प्रत्यक्ष सैन्य संघर्षको विकल्पमा भारतले बरु चीनीया उत्पादन र बस्तुको बहिष्कार मार्फत चीनीया अर्थतन्त्रलाई धक्का दिने अभियानमा देखिन्छ ।
यसको मतलव यो होईन कि चीन र भारतबीच कहिल्यै हुद्ध हुने छैन भन्न हैन । युद्ध हुन सक्छ तर तत्कालै संभावना कम छ । चीन युद्ध चाहदैन र भारतसगँ तयारी र क्षमताको सन्तुलित विकास भईसकेको छैन । भाषण र नाराबाजी एवं सीमामा केही झडप भए पनि यसले बिशाल रुप लिने अनुमान अहिल्यै गर्न सकिदैन ।
यसको मतलव यो होईन कि चीन र भारतबीच कहिल्यै हुद्ध हुने छैन भन्न हैन । युद्ध हुन सक्छ तर तत्कालै संभावना कम छ । चीन युद्ध चाहदैन र भारतसगँ तयारी र क्षमताको सन्तुलित विकास भईसकेको छैन । भाषण र नाराबाजी एवं सीमामा केही झडप भए पनि यसले बिशाल रुप लिने अनुमान अहिल्यै गर्न सकिदैन । यसमा अमेरीकाको भूमिका पनि महत्वपूर्ण हुनेछ ।
यदी अमेरीकाले सन् १९६२ को तुलनामा प्रत्यक्ष सैनिक र हवाई सहायता दिने पक्का बचन दियो भने भारत उकासिन सक्छ र युद्ध छेड्न सक्छ अमेरीकी आडमा तर त्यो पनि भारतका लागि निकै प्रत्युत्पादक बन्ने निश्चित छ ।

लद्धाखमै यत्रो रक्तपात किन ?
सन् १९४७ मा ब्रिटिश उपनिवेशको अन्त्य भए पछि नै दक्षिण एशियामा सीमा नक्साहरु सम्बन्धि विवाद शुरु भएको देखिन्छ । चाहे नेपाल भारत होस, या चीन भारत आदि । त्यसै बेला देखि भारत र चीनका बीचमा सीमाको थोरै विवाद शुरु भयो । तर पछि सन् १९५९ मा चीनले तिव्वतबाट दलाई लामाको स्वायत्तता समाप्त पारेर लामा भारत निर्वासीत भए पछि यो विवाद अझ बढ्दै गयो,सीमामा तनाब पैदा हुदै गयो र सन् १९६२ मा जाँदा युद्ध नै भयो । भारतर चीनबीच नेपाल र भुटानसगँ जोडिने हिमाली ईलाका समेत गरी ४ हजार ५६ किलो मिटर सीमाना छ । जसमा ३४ सय ४० किलो मिटर लामो क्षेत्रमा सीमा विवाद रहेको छ ।
१९६२ अक्टोबर २० मा लद्धाखमा शुरु भएको भीडन्तमा सैन्य हिशाबले चीन बिजयी बन्यो । थुप्रै जमिनमाथिको उसको नियनत्रण कायम भयो । भारतीय सेना पछि हट्यो । र नेहरुले फरवार्ड नीति परिवर्तन गरे । यो लडाई समुन्द्री सतहबाट ४२ मिटर भन्दा बढी उचाईमा लडिएको थियो । त्यसका कारण चिसो, घाईतेको उपचारको अभाव, लजिस्टिकको अभावमा पनि युद्धमा थुप्रै सेनाहरुले ज्यान गुमाएका थिए ।
त्यस पछि सन् १९६७ मा पनि सिक्किमको नाथुला पासमा दुबै देशबीच दश दिन भीडन्त भयो । जसमा चीनको ३ सय सेना मारिएको र भारतको ६५ जना सेना मारिएको दाबी गरिदै आएको छ ।
हिन्दी चीनी भाई भाई भन्ने नारा लगाउनुका बाबजुद नेहरुले दलाई लामालाई भेटेर शरण दिने सहमति गरे पछि सन् १९५८ देखि नै चीन र भारतको सम्बन्ध चिसिन लागेको थियो । तिव्वतमा भएको खम्पा बिद्रोहले उग्र रुप लिए पछि र बिद्रोहीहरुलाई जनमुक्ति सेनाले समाप्त पारे पछि लामा भारतमा शरण लिन आएका थिए र उनले खम्पा विद्रोहीलाई सघाउन भनेका थिए । तर नेहरुले दलाई लामालाई तिव्वतको स्वतन्त्रताका लागि भारतले चीनसँग युद्ध गर्न नसक्ने बताएका थिए भनेर रामचन्द्र गुहाद्धारा लिखित पुस्तक ईन्डिया आफ्टर गान्धी मा उल्लेख छ ।
१९६२ अक्टोबर २० मा लद्धाखमा शुरु भएको भीडन्तमा सैन्य हिशाबले चीन बिजयी बन्यो । थुप्रै जमिनमाथिको उसको नियनत्रण कायम भयो । भारतीय सेना पछि हट्यो । र नेहरुले फरवार्ड नीति परिवर्तन गरे । यो लडाई समुन्द्री सतहबाट ४२ मिटर भन्दा बढी उचाईमा लडिएको थियो । त्यसका कारण चिसो, घाईतेको उपचारको अभाव, लजिस्टिकको अभावमा पनि युद्धमा थुप्रै सेनाहरुले ज्यान गुमाएका थिए ।
त्यस पछि दलाई लामासगँ भारतको सम्बन्ध, नेहरुले लामालाई दिएको स्पेस देखेर चीनले अरुणाञ्चल र लद्धाखको केही ईलाका समावेश गरेको नक्सा तात्कालीन चीनीया सरकारी अखबार चाईना पिक्टोरियलमा प्रकाशित गरेको थियो । त्यसप्रति नेहरुले आपत्ति जनाएर पत्र लेखेका थिए । त्यसै बेलादेखि सीमा विवाद बढ्यो तर मुख्य कारण तिव्वत मामलामा भारतले देखाएको कमजोर कुटनीतिक अभ्यास मान्न सकिन्छ । जसले बिशाल युद्धको रुप लियो । १९६२ को युद्ध पछि पहिलो पटक लद्धाखमा हतियार बिहीन तर रक्तपातपूर्ण संघर्ष हुन पुगे पछि पुनः युद्धको आशंका सबैमा बढेको देख्न सकिन्छ ।
युद्धलाई छेक्ने प्रमुख कारण आर्थिक सम्बन्ध
लद्धाखको रक्तपातपूर्ण संघर्ष पछि पनि चीनले भारतलाई एशियन ईन्फ्रास्टक्चर बैंकबाट ७ सय ५० मिलियन अमेरीकी डलर रिण लिन मद्धत गर्यो । जुन रिण भारतले कोरोनासगँ जुध्नका लागि लिदै छ । चीन र भारत विश्वका प्रखुख बजार र उदीयमान अर्थतन्त्र हुन् । भलै चीन भारत भन्दा अगाडी पुगिसकेको छ तर पनि बिशाल बजार र बढ्दो अर्थव्यवस्थाले भारत पनि दौडमा अवस्य छ । आज भारत र चीनका बीचको ब्यापार एक सय अर्ब डलर हाराहारीमा छ । जबकि सन् २००१ मा यो केबल ३ अर्ब डलरमा सीमित थियो । यसमा भारतको तुलनामा धेरै ठूलो माल उत्पादन र बिक्री चीनले गर्दछ । युद्ध र अर्थतन्त्रको सम्बन्धलाई राजनीतिक अर्थशास्त्रको कोणबाट जहिले पनि विष्लेषण गर्न जरुरी हुन्छ ।
सन् १९६० अघि सम्म भारत चीन भन्दा निकै धनी थियो । चीन जापानी साम्राज्यवादको आक्रमण र आन्तरीक गृहयुद्धका कारण भर्खरै उठ्दै थियो भने भारत स्वतन्त्र भएर निरन्तर विकासतिर अग्रसर थियो । तर कम्युनिष्ट स्थीर व्यवस्था शुरु भए पछि सन् १९६० बाट चीनले भारतलाई अर्थतन्त्रमा उछिन्यो । सन् २०१९ सम्मको तथ्यांक हेर्दा चीनले विश्व अर्थ बजेको कुल १ प्रतिशत भन्दा बढी हिस्सा ओगट्छ भने भारतले ४ प्रतिशत भन्दा बढी । अर्थात चीनको अर्थतन्त्र पछिल्लो आकंडा अनुसार भारतको भन्दा ४.७८ गुणा अर्थात झण्डै पाँच गुणाले बिशाल रहेको छ । क्रय शक्तिका हिशाबले चीन विश्वकै पहिलो आर्थिक शक्ति हो भने भारत तेस्रो । चीनको प्रतिव्यक्ति आय १० हजार डलरभन्दा माथि पुगेको छ भने भारतको २२ सय डलर हाराहारी छ ।
सन् १०६० अघि चीन भन्दा धनी रहेको भारत किन पछि पर्यो त ? यसका विविध कारण छन् तर सन् १९६२ को युद्ध पछि भारतले कुटनीतिक धार बदल्दै आफै क्षमताशील हुने नीति लियो । नेहरु र पछि ईन्दीरा गान्धीले पनि त्यही नीति लिईन् । हरेक सामान चीनबाट नल्याउने , विदेशबाट कम ल्याउने र भारत आफैले बनाउने नीति उनीहरुले लिए । तर यसले भारतमा आर्थिक वृद्धि यति सुस्त भयो कि सन् १९४७ देखि १९८० को दशक सम्म भारतको कुल ग्राहस्थ उत्पादन केबल ३.५ प्रतिशतले बढ्यो जब कि जनसंख्या दुई गुणा बृद्धि भएको थियो । यो दृष्य पछि पिभी नरसिंह राव र अटल बिहारी बाजपेयीले ग्लोबल ट्रेड र ईन्भेष्टमेन्टको ढोका खोले पछि भारतमा विदेशी लगानी पर्याप्त भित्रियो । अझ बढी चीनीया लगानी भित्रियो र भारतको आर्थिक वृद्धि ९ प्रतिशत सम्म पुगेको छ ।
अर्कोतिर अहिले चीन भारतको आर्थिक निर्भरता भनेको भारतमा औषधीको कच्चा पदार्थ, ईलेक्ट्रिक पार्ट, स्टील, कपडा खेलौना , मोबाईल, टिभी जस्ता सामाग्रीहरु ठूलो परिणाममा आयात हुन्छ । भारतमा शुरुमा ७५ हजार भारु सम्म पर्ने टिभी अहिले चीनीया सामान आउन थाले पछि केबल १५ देखि १८ हजार भारुमा जनताले प्राप्त गर्दछन् । मोबाईल पनि अति सस्तोमा गुणस्तरीय स्मार्टफोनहरु भारतीयहरुको हातमा छ । जुन स्तरका सामानहरु भारतले आफै उत्पादन गर्दा या अन्य पश्चिमा मुलुकबाट आयात गर्दा पनि त्यति सस्तोमा ती गुणस्तरका सामान पाउन कठिन हुने भारतकै अर्थविज्ञहरुको चेतावनी छ । टेलिकम, रेलवे, हार्डवेयर , पुर्वाधार जस्ता क्षेत्रमा पनि चीनको लगानी भारतमा व्यापक रहेको छ । यदी यो झडप र तनाव नभएको भए यसै बर्ष भारतमा चीनको लगानी २६ अर्ब डलर पुग्ने अनुमान गरिएको थियो ।
बिबिसीमा हालै प्रकाशित एक रिपोर्टको शीर्षक नै चीनले भारतलाई दर्द मात्र हैन दबाई पनि दिन्छ भनेर राखिएको थियो । जुन रिपोर्ट अनुसार चीनबाट जुन औषधीय कच्चा पदार्थ आउछ त्यो अन्य मुलुकबाट आउने भन्दा ३० देखि ३५ प्रतिशत सस्तो छ ।
जुन १५ को रक्तपातपूर्ण झडप र २० भारतीय सेनाको मृत्यु भए पछि आक्रोसित राष्ट्रवादीहरुले भारतमा चीनीया सामान बहिष्कारको अभियान चलाएका छन् । सरकारमाथि युद्धका लागि दबाब दिईरहेका छन् । तर वास्वविक चित्र भिन्न छ । भारतीयहरुले करीब ५ सय चीनीया बस्तुको सूची नै बनाएर बहिष्कारका लागि प्रचार गरीरहेका छन् । यस्तो अभियान पटक पटक भारतमा चले पनि विश्व व्यापार संगठनको सदस्यका हैसियतले भारतले आधिकारीक रुपमा चीनीया सामानमाथि प्रतिवन्ध लगाउन सक्ने स्थिति छैन । र यो व्यापार युद्ध चल्यो नै भने पनि त्यसले भारतलाई १४ प्रतिशत घाटा हुने छ भने चीनलाई केवल १ प्रतिशत भन्ने पुर्वानुमानहरु प्रकाशित भईसकेका छन् । चीनीया लगानी र उत्पादनले भारतमा लाखौको रोजगारी सृजना हुनुका साथै भारतीय जनताको जीवनस्तर उकास्न ठूलो मद्धत पुगेको देखिन्छ । यसलाई राष्ट्रवादीहरुले केही समय अभियान बनाए पनि भारत यो वास्तविकतालाई तत्काल बदल्न सक्ने स्थितिमा छैन । त्यसैले मोदीले आत्मनिर्भर भारतको योजना ल्याए पनि अहिले नै त्यो पूरा हुने स्थितिमा छैन । भारतले ठूलो मात्रामा आयात गरेको भनिए पनि चीनले कुल विश्वमा निर्यात गर्ने सामानको तीन प्रतिशत हिस्सा मात्रै भारतमा छ । यो व्यापार युद्धले यो आकडा हेर्दा पनि नोक्सानी चीनलाई त्यति धेरै हुने देखिदैन ।
यही कारणले भित्री अन्तर्यमा भारत चाहेर पनि तत्कालै चीन बिरुद्ध युद्धको स्थितिमा जाँदैन । र चीन पनि भारतसँग युद्धको पक्षमा छैन । किन भने उसको मुख्य प्रतिस्पर्धी भारत हैन अमेरीका हो । जसले ताईवान, हंककंग र साउथ चाईना सिमा दुखः दिईरहेको र संभावित भीडन्तको नजिक छ ।

मोदीको चीनप्रिय सम्बन्ध र भारतको भूमिका
मोदीले गलवान झडप पछि १९ जुनमा आव्हान गरिएको सर्बदलीय बैठकमा एउटा भाषा बोले जसको प्रसशा चीनमा भईरहेको छ । उनले भनेका थिए कि भारतको सीमामा कोही प्रवेश गरको छैन र भारतीय सेनाको पोष्ट कब्जा गरेको छैन ।
यसले चीनीयाहरुले भन्दै आएको भारतीय सेना चीनीया सीमामा प्रवेश गर्यो । आक्रमण गरे पछि झडप भयो भन्ने तर्कमा बल पुगेको छ । यद्यपि, मोदीको यो भनाईको आलोचना भईरहेको देखिन्छ भारतमा ।
मोदीले सेनालाई सीमामा सेनालाई अधिकार दिए पनि कुटनीतक र सैन्य वार्ता मार्फम विवाद समाधान गर्ने प्रयासलाई जोड दिएको देखिन्छ ।
रोचक पक्ष के छ भने मोदीले सन् २०१४ मा प्रधानमन्त्रीमा निर्वाचित भए पछि चीनीया भाषामा वी च्याट एकाउन्ट बनाएर चीनीया युवाहरुसगँ सम्वाद थालेका थिए ।
आफ्नो ६ बर्षे कार्यकालमा मोदीले चीनीया राष्ट्रपति सि जिन पिंगसगँ १८ पटक भेटघाट गरेका छन् कहिले चीनमा कहिले भारतमा त कहिले अन्तराष्ट्रिय मञ्चमा ।
गुजरातको मुहार फेर्न चीनीया लगानीको ठूलो भूमिका रहेको यस अघि पनि चर्चा हुदै आएको थियो ।यस्तो स्थितिमा भित्री रुपमा मोदी चीनसगँ सैन्य युद्धको पक्षमा कठोर हुन नसक्ने विष्लेषण गरिदै आएको छ ।
हुन त सन् १९५९ सम्म भारत त्यस्तो देश थियो जसले १९४९ पछि स्थापीत जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्रसघको सदस्यमा मान्यता दिनु पर्ने मान्यता राखेको थियो । सन् १९७१ सम्म युद्धका क्रममा भागेर ताईवान जल डमरुमा रहेका च्याङ काई सेकले नेतृत्व गरेको ताईवानले नै राष्ट्रसंघमा प्रतिनिधित्व गरीरहेको थियो । र एक बिशाल चीनलाई राष्ट्रसंघले अलग गरेको थियो । जसले गर्दा चीन बहु देश जस्तो बन्न पुगेको थियो र तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले चीनलाई मान्यता दिनु पर्ने प्रस्ताव गरेका थिए । अमेरीकाको ईच्छा विपरीत तात्कालीन सोभियत सघं लगायतका लगायतका देशहरुको दवावमा नै सन् १९७१ मा नै चीनले राष्ट्रसघको सदस्यता पायो र सुरक्षा परिषद्मा पनि रह्यो । चीनलाई राष्ट्रसघको सदस्य हुन वाट रोक्न अमेरीकाले ठुलो अभियान चलाएको थियो तर २१ औ पटकको मतदानमा चीनको पक्षमा ७६ मत पऱ्यो भने विपक्षमा ३५ तथा तठस्ट १७ वटा देशहरु रहेका थिए । र हाल उ भिटो अधिकार भएको स्थायी ५ सदस्य राष्ट्र मध्यको एक हो भने भारत अस्थायी सदस्यको रुपमा मात्र रहेको छ । लामो समय वेलायती उपनिबेशमा रहेको भारत सन् १९४७ मा मुक्त भएको हो भने चीन जापान सेनालाई पराजीत गर्दे १९४५ मा मुक्त भएको थियो भने नया चीन अर्थात जनवादी गणतन्त्र चीन सन् १९४९ अक्टोवर १ मा स्थापना गरिएको थियो । तर यसको करीब १ दशककै अवधिमा चीन र भारतवीच लद्धाख,अरुणान्चल प्रदेशको सिमानाको विषयलाई लिएर सन् १९६२ मा युद्ध भयो । सन् १९५० पछि तत्कालीन प्रधानमन्त्री चाउ एन लाई र भारतीय प्रधानमन्त्री नेहरुबीच सिमामा वास्तविक नियन्त्रण रेखाको विवादका बारेमा चिट्ठी र नक्सा आदान प्रदान भईरह्यो । र तिव्वती मामलामा चीनले लिएको नीतिलाई समर्थन गरेपछि नेहरुलाई पनि चीनले साथ दियो र त्यति वेला नेहरुले हिन्दी चीनी भाई भाईको नारा पनि लगाए । तर त्यो सम्बन्ध छोटो अवधिमै भत्कियो । सन् १९५९ मा चीनिया नीतिको अवज्ञा गरेर असफल विद्रोह गरेका चौधौ दलाई लामा सहितका विद्रोहीहरुलाई भारतले शरण दिएपछि यो तनावमा वद्लियो । तत्कालीन राष्ट्रपति माओले समाचार सस्था सिनह्वासग सिमा विवादका बारेमा देखिएका प्रकासित रिपोर्टहरु मागरे अध्ययन गर्नु भयो । ताईवान , तिव्वत लगायतका क्षेत्रको अस्तव्यस्ता नियन्त्रणका लागि ठुुलो मेहेनत गर्नु परेका कारण राष्ट्रपति माओले भारतसग युद्ध रोक्न चाहनु भएको थियो । त्यो वेला सम्म सहयोग गरीरहेको सोभियत सघका प्रधानमन्त्री खुस्चेवले अक्टोवर २ मा भएको छलफलमा माओसग आफुले नेहरुलाई समर्थन गर्ने वताएपछि चीन एक्लो जस्तो देखियो । अमेरीकाले पुरै भारतलाई साथ दिईरहेको थियो । यसै समयमा चीनीया प्रधानमन्त्री चाउ एन लाईले दिल्लीको भ्रमण गरेर सहमतिको प्रयास गरेपनि भारतीय पक्षको बेईमानीका कारण त्यो सफलतामा पुग्न सकेन । भारतले अत्याधीक मात्रामा सैनिक पोष्ट र गस्तीहरु विवादित सिमा क्षेत्रहरुमा पुर्यायो । र युद्ध शुरु भयो हजारौँ भारतीय र चीनिया सैनिकहरुले ज्यान गुमाए । नेहरुले अमेरीकासग भारतीय सेनालाई हवाई तथा अन्य सैनिक सहयोग मागिरहेको थियो । र २१ नोभमेम्वर १९६२ मा चीनले एकतर्फी युद्ध विराम गरेपनि भारतले त्यो युद्ध विरामको पत्र २४ घण्टा सम्म स्वीकार नगरी युद्धका लागि अमेरीकासग हवाई सहायता माग गरीरहेको थियो । यसका बीच पनि पछि गएर युद्ध रोकीयो र कास्मीरदेखि विभिन्न क्षेत्रहरुमा दुवै देशवीच विवाद् हिजो थियो र आज पनि कायम छ ।

सैन्य शक्तिको तुलनाः चीन भारत कहाँ छन् ?
हालको तथ्याङक अनुसार चीनको सैनिक संख्या २२ लाख ५० हजार छ भने भारतको १४ लाख ५० हजार रहेको छ । भारत भन्दा चीनको सैनिक बजेट पनि झण्डै दोव्बर रहेको छ । यसै गरी आणविक हतियार तथा क्षेप्यास्त्र शक्तिमा पनि चीन अगाडी रहेको छ । भारतकै एक अध्ययन अनुसार चीनको तुलनामा ४५ प्रकारका हतियारहरुको अभाव भारतीय सेनालाई रहेको छ । विश्वमा अमेरीका र रुस पछि चीन तेस्रो सैन्य शक्ति हो भने भारत चौथो शक्ति हो ।


नेपाल सहित छिमेकीको भूमिका के ?
यसै गरी नेपालको हकमा पनि भारतसगँको परिस्थितिमा बदलाव आएको छ । नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले अतिक्रमण गर्यो खास गरी सन् १९६२ को युद्धमा नेपालको भूमि भारतलाई उपयोग गर्न दिएका कारणले । अब शायद नेपालले उत्तरी सीमानामा भारतीय पोष्ट राख्न दिने छैन । यो पनि भारतका लागि घाटाकै बिषय हुने छ । त्यतिखेर उत्तरी क्षेत्रमा नेपालले १८ वटा स्थानमा भारतीय सेनाको पोष्ट राख्न दिएको थियो । त्यस मध्य कालापानीको दुई ठाँउबाट भारत फर्किएन र नेपालले भूमि भोगचलन गर्न पाएको छैन । साथै भारतको बंगलादेश, श्रीलका, भुटान आदिसगँ पनि सीमा विवाद रहेकै अवस्था छ । चीन र बंगलादेशबीच त अझ देक्षिण एशियामा भारत पछि कै ठूलो व्यापारीक साझेदारी हुने स्थिति तिर छ जसका कारण भारत त्यति खुसी हुने स्थिति छैन । बंगलादेशबाट चीन निर्यात हुने १५ सय बढी बस्तुको ९७ प्रतिशत भन्सार निशुल्क गर्ने चीनसगँको समझदारीले ठूलो जनसंख्या भएको बंगलादेशसगँ बैकल्पिक व्यापार र लगानीको ढोका खोलेको देख्न सकिन्छ । यो सम्झौता भारतसगँ गलवान घाँटीमा झडप भएको केही दिन भित्रैमा भएको थियो ।
आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तानसगँ भारतको अलटाईम एनीमी( सदाबहार दुष्मन)को सम्बन्ध रहदै आएको छ । कास्मीर मामलामा दुबै देश पटक पटक युद्ध लडिसकेका छन् भने भविष्यमा पनि त्यस्तो युद्ध नकार्न सकिन्न । चीन भारतबीच युद्ध हुदाँ पाकिस्तानले चीनसगँको बलियो सम्बन्ध रहेका कारण कस्तो भूमिका खेल्ला अहिल्यै भन्न सकिन्न । तर कास्मीर मामलाले पाकिस्तान भारतसगँ जहिल्यै सतर्क र उच्च तयारीमा रहने गरेको छ । यो पनि भारत चीन युद्ध हुदाँ भारतका लागि प्रतिकुल चित्र हुने छ ।
त्यस्तै श्रीलकामा पनि प्रसस्त चीनीया लगानी भित्रीसकेको छ भने माल्दिभ्समा पनि चीनको उपस्थिति बाक्लिएको छ । भुटानमा पनि चीनले विस्तारै भूमिका खोज्ने पहल थालिसकेको छ । त्यही कारण उसले सन् २०१७ मा डोकलाम विवादलाई सजिलै सहमति गर्यो । भुटानले अहिले भारतीय नागरिकलाई भुटान प्रवेश गर्दा दिनको १२ सय भारु सम्म कर लिन थालिसकेको छ । समग्रमा भन्दा भारतको छिमेकीहरुसगँ सम्बन्ध असल हुन सकेको छैन । यस्तो स्थितिमा धेरै छिमेकीहरुले दुबै देश युद्धमा गएको स्थितिमा तठस्त रहने देखिन्छ ।
तर यदी युद्ध भयो भने के हुन्छ ?
आजको स्थितिमा चीन र भारतको युद्ध भयो भने त्यसले निश्चित रुपमा विश्वव्यापी प्रभाव निम्त्याउने छ । यस मामलामा अमेरीका, जापान लगायतका मुलुक लगभग भारतको पक्षमा उभिने संभावना बढी देखिन्छ भने युरोप सहित अन्य धेरै मुलुकहरु तठस्थ हुने संभावना छ । अमेरीकी राष्ट्रपति बराक ओबामाकै पालामा भारत अमेरीकासग‘को २१ औं शताव्दीको निर्णायक साझेदार भएको टिप्पणी गर्नुले पनि भारतलाई प्रयोग गर्ने खास गरी एशिया मामलामा र चीन विरुद्ध अमेरीकी रणनीति यसले स्पष्ट पार्दछ । तर जुन १५ को गलवान घटनाका बारेमा ढिलो गरी तर भारत खुसी नहुने गरी अमेरीकाले दिएको वक्तव्य, ट्रम्पको मध्यस्थताको प्रस्ताव आदि कारण अमेरीका पनि प्रत्यक्ष भारतसगँ मोर्चामा उभिने संभावना कम देखिन्छ ।
यो स्थिति हेर्दा एकातिर ध्रवीकरण त हुन्छ नै तर प्रत्यक्ष पहाडी मैदानमा चीन र भारतका सेनाबीच नै भीडन्त हुने छ । यसमा भौगोलिक तथा सामरिक फाईदा बढी चीन अनुकुल छ भने हवाई हमलाको दृष्टिले भारतलाई केही अनुकुलता देखिन्छ ।
अर्कोतिर भारतले त्यतिखेर रुसबाट खुस्चेवको साथ पाए पनि अहिले भारतको भन्दा चीनको पार्टनरसिप बलियो भएका कारण रुसले पनि दुबै देशबीच युद्ध भन्दा पनि शान्तिको पक्षमा जोड दिने निश्चित छ । अमेरीकासगँ मुख्य टकराब रहेका कारण रुसले चीन भारतबीच युद्ध चाहदैन । गलवान घटना पछि भारतका रक्षा मन्त्री सुखोई ४०० एन्टी मिसाईल सिस्टम छिटो भारत भित्र्याउने अभिप्राय सहित मस्को पुगे पनि हतियार त रुसले बेच्न सक्छ तर चीन बिरुद्धको युद्धमा पूर्ण समथन भारतलाई नगर्न सक्छ ।
यो स्थिति हेर्दा एकातिर ध्रवीकरण त हुन्छ नै तर प्रत्यक्ष पहाडी मैदानमा चीन र भारतका सेनाबीच नै भीडन्त हुने छ । यसमा भौगोलिक तथा सामरिक फाईदा बढी चीन अनुकुल छ भने हवाई हमलाको दृष्टिले भारतलाई केही अनुकुलता देखिन्छ ।
यो युद्धमा तुलनात्मक रुपले चीनको सामथ्र्य बढी देखिन्छ । तर वास्तविक युद्धमा हुने क्षतिको अहिले नै ठोकुवा गर्नु मुस्किल हुने छ । जे भए पनि यसले सन् १९६२ भन्दा बढी संकट ल्याउने छ , बढी विनाश हुने छ । त्यसैले भारत र चीनबीच युद्ध हैन वार्ता र सहमति निर्विकल्प छ ।