पुनर्वासमा अवैध सुर्तीजन्य पदार्थ सहित ३ पक्राउ

पुनर्वासमा अवैध सुर्तीजन्य पदार्थ सहित ३ पक्राउ

  • सोमवार, असार ८, २०७७
  • डम्मर राज भट्ट  

  • 11.8K
    SHARES

कञ्चनपुर, ८ असार । भारतबाट तस्करी गरी ल्याईरहेको सुर्तीजन्य पदार्थ सहित प्रहरीले तीनजनालाई पुनर्वास २ पुरैनाबाट पक्राउ गरेको छ । सोमबार बिहान तीन बजेतिर थाना ईञ्चार्ज वकिल बहादुर सिंहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट गएको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुनर्वास ४ बस्ने खेमराज जोशी९बर्ष ३६०, बेलौरी २ बस्ने जगदीश चौधरी ९बर्ष२१० र बेलौरी २ कै समीर चौधरी ९वर्ष२२०रहेका छ्न । उनीहरुले दुईवटा मोटरसाइकलमा चारवटा कट्टा भित्र सो सुर्तीजन्य पदार्थ लुकाईछिपाई ल्याईरहेका थिए ।

खेमराज जोशीले चलाइरहेको से ५ प ४९०४ नम्बरको पल्सर मोटरसाइकलमा सुपार पावर सुर्ती ४८० पाकेट ,जगदीश चौधरीले चलाईरहेको से ७ प ७२१२ नम्बरको होण्डा साईन मोटरसाइकलमा पछाडि बसी समीर चौधरीले समाईराखेको अवस्थामा ४४ पाकेट बिडी,सुपर पावर सुर्ती १०० पाकेट बरामद भएको छ ।

पक्राउ अभियुक्तहरुलाई मोटरसाइकल सहित सोमबार नै त्रिनगर भन्सार कार्यालय, कैलाली चलान गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज वकिल बहादुर सिंहले जानकारी गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ