दलाल पुजिवादले ओढेको समाजवादी बर्को 

दलाल पुजिवादले ओढेको समाजवादी बर्को 

  • बिहिबार, जेष्ठ १५, २०७७
  • - हेम बहादुर खड्का (राज) 

  • 35.4K
    SHARES

अहिले को अबस्थामा रास्ट्रीय पुजी को बिकास गर्दै, प्राप्त लोकतन्त्र लाई स्थिर बनाउने र समाजवादको तयारी गर्ने तर्फ लाग्न जरुरी छ ।  तर अपसोच यहाँ उही पुरानै राजगद्दी मा बिराजमान नयाँ पात्र अनि प्रवृत्ति उहि पुरानै । यो परिस्थिति बिचमा  अब कसरी आशा गर्ने कि बिकास र समृद्धि यही मार्गबाट प्राप्त होला भनेर ?
यदि साच्चिकै सरकार र दलहरू ईमान्दार हुने हो भने , ४७ साल पछिका सबै नागरिकता छानबिन गर्ने सिमा नियन्त्रण गर्ने सबै दलका शिर्ष नेता सहित पुर्ब भिआईपी र माथिल्लो तहका   कर्मचारी सबैको सम्पत्ति छानबिन हुनु पर्दछ  र रास्ट्रीयकरण गर्नु पर्दछ,  यसो गर्न सके मात्रै आम नागरिक र हिजो का सहिद हरुको बलिदानको उचित मुल्यांकन हुनेछ ।
यसो गर्न सके मात्र अब मुलुकमा रास्ट्रीय पुजी को बिकास र समृद्धि आउने झिनो आशा गर्न सकिन्छ । जबसम्म नेतृत्व ले नियतबस नेपाली नागरिकलाई जनता को दर्जा दिईरहन्छ तब सम्म यति मात्रै बुझे हुन्छ “राजा र रैती” “नेता र जनता” एकै रुप र उही प्रकृतिको सत्ता र शासक चरित्र हो । फरक केही छैन । त्यसैले प्रणाली फेर्न लागौं पात्र हैन ।
हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बलियो संगठन र बहुमत को सरकार छ,
तर न पार्टी एकता भए जस्तो छ न सरकार जनताको जस्तो छ । पार्टी एकता ब्यक्तिवादी जस्तो भयो पार्टी एकता भएको बर्ष दिन सम्म पनि एउटा समुह र अर्को समुह जस्तो भै रह्यो  । संगठन ब्यक्तिवादी हुदा अराजक हुँदै गएको छ र अन्तत अवसान को बाटो तिर ओरालो लाग्दैछ । सरकार जनबिरोधी जस्तो देखिन लागेको ले सत्ता का बिरुद्ध मा पार्टी पंक्ति का जिम्मेवार र आशा लाग्दा नेतृत्व बाटै आलोचित मात्रै हैन यसले बिद्रोह गरेको अर्को कम्युनिस्ट शक्ति लाई पुर्ण क्रान्तिकारी चरीत्रको बनायो । र सत्तासिन पार्टी दलाल पुजीवादी कित्ता मा उभिन पुग्यो ।
दिनानुदिन सरकार का स्थानीय र केन्द्रीय  शक्ति केन्द्रहरु बालुवा गिट्टी तस्कर, जडिबुटी तस्कर अनि कामचोर ठेकेदार, बलात्कार, गुण्डा र सिण्डिकेट्धारी तथा बिचौलियाहरुको संरक्षण गर्ने प्रतिक्षालय जस्तो बन्न पुगेकै कारण आम मतदाता र नागरिक मा ठुलो घृणा पैदा भएको छ । यसको असर ले प्रदेश को खारेजी देखि धर्म निरपेक्ष खारेजी प्रती धेरै को मत बढीरहेको छ । यत्रो आन्दोलन बलिदान र नेपाली नागरिक को त्यागले प्राप्त उपलब्धी गुम्ने स्थिती आएको छ ।
न जनप्रतिनिधि संग बिकास को कुनै कार्ययोजना बनाउन सक्ने क्षमता छ न माथिल्लो निकाय कुनै तालिम वा गोष्ठी चलाउछ । या त नियन्त्रण वा नियमन । नत दण्ड र पुरस्कार । न त मुल्यांकन र समिक्षा । सिंह दरबार को अधिकार गाउँ नगरमा केबल श्रीपेच लगेर बाडे जस्तै छोटे महाराज हरुको जन्म भयो ।
बडेमान का टिप्पर वडा सदस्य संग, अजङ्गका डोजर वडा अध्यक्ष संग , अनि कसरी होला त बिकास ? धेरै घण्टा चलाउन नन्स्टप चलाएको डोजरले जताततै बाटो बनाउन खनेका कारण भूक्षय भएर बाढी पहिरो गएको छ, खोलानाला बस्ती बस्ती पसेका छ्न । एउटा बिजुली को पोल फेर्न नसक्दा करेन्ट लागेर ज्यान गुमिरहेको छ । न त स्वच्छ पिउने पानी छ न त एउटा राम्रो अस्पताल न बिद्यालय । हिजोका सामन्त सङ्ग मिलेर आजका परिबर्तनकारी पनि नवधनाड्यमा रुपान्तरण भएका छ्न ।
सरकार समृद्धि को नारा मा विलीन छ बिना योजना बिना उत्पादन । समृद्धि को fundamental सरकार गठनको २ बर्ष पुग्दा पनि कहिँ कतै केही चित्र पनि देखिन्न ।
समाजवादी चित्र, भ्रष्ट चरीत्र
ससदिय ब्यबस्था को उपयोग र शान्ति पुर्ण क्रान्ति र ससदिय ब्यबस्थालाई जनवादी ब्यवस्थामा रुपान्तरण गर्ने र बाकी क्रान्ति को कार्यभार पूरा गर्ने भासण गर्दै गर्दा कम्युनिस्ट नेता हरु पद प्रतिस्ठा र ब्यक्तिगत सम्पत्ति को लोभी पापी बनेका छन । अब यिनिहरुलाई कसरी कम्युनिस्ट मान्ने  ?
हिजो जनयुद्धलाई नजिक बाट भोग्नेहरुले आज चिन्तित हुनुपर्ने अवस्था आएको छ, बालबालिका महिला र वृद्ध ले समेत युद्ध को नाम मा सास्ती खेप्न परेको थियो फेरि त्यो दिन सुरु भएकै हो त? हिजो संगै लडेका कमरेड संग सत्तासिन कमरेड को होस हवास उडेको छ, आफ्नो राजनीति असुरक्षित महसुस गरेका छन् र एकले अर्को लाई प्रमुख सत्रु किटान गरेका छन् । यसले मुलुक कता जाला ?
राजनितिक शक्ति लाई दमन प्रतिबन्धले हैन , वार्ता र छलफलले मात्रै सहि बाटोमा लैजान सकिन्छ । बार्तामा अनौपचारिक बसेका मध्ये का माईला लामा लाई राती १२ बजे सरकार कुचेस्टा सहित मस्त निद्रामा परेका बेला आफ्नो नियन्त्रण मा लिन्छ । सुनिन्छ मध्ये रातमै केही पत्रकारहरुले मिडियामा तुरुन्तै गरेको खबरले घटना घटेन तिर्थ घिमिरे र कुमार पौडेलको नियोजित हत्या भयो, यस लगत्तै सरकार संग आफ्ना नेता कार्यकर्ता को रिहाई माग गर्दै योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी नै दिएको छ , यदि यस्तै बिद्रोही को तर्फबाट सुरु भए अब परिस्थिति कति डर लाग्दो होला ? हामीले बलिदानिले ल्याएको  गणतन्त्र मा बर्ष पछि को चुनाव र बहुमत को सरकार बाट यहि आशा गरेको हो त ?
स्थिर सरकार , शुसासन र समृद्धि को नारा फेरि पनि जनतालाई भ्रम मात्रै ? 
नेपालको राजनीतिक आन्दोलन को ईतिहास हेर्दा पढ्दा र बुझ्दा जहिले पनि नेपाली नागरिकहरुलाई खाली जनता को तहमा राख्ने र तेस्तै किसिमको व्यबहार गर्ने संस्कार सरेको पाईन्छ ।
हामी कम्युनिस्टले त्यो वर्गसंघर्ष को निम्ति लडाइँ लडेका हैनौ र ? जसले सत्ता नै परिबर्तन गरोस सरकार हैन , बुझ्न् पर्ने कुरा के छ भने यहाँ सरकार मात्रै परिबर्तन भयो, सस्कार त उहीँ रह्यो अनि कसरी आउन सक्यो र जनता को अबस्थामा खास परिबर्तन ? निजि स्कुल कति हामीले बन्दै गरेर हिड्ने गरे पनि सार मा हामी आफै बदलिएउ । सन्सार बदल्न हिडेका हामी आफै बदलिन पुगेउ । जनता ले हामी लाई तेसै तिरस्कार गरेको हैन , हामी जब पुग्दै नपुग्ने नारा र भासण गर्न थाल्यौं अनि पत्याउन छाडे । मलाई याद छ , माओवादी आन्दोलन को ताका तास खेल्ने हरुलाई तास नै चपाएर निल्न लगाए माओवादी नाम लिन साथ श्रीमती सघाउन साझ घर पुग्ना थाले लोग्ने मान्छे हरु , अनि गाउले महिला ले माओवादी लाई समर्थन गरे। गरे मात्रै हैन नाक को फुलि र कान को रिङ फुलालेर पार्टी लाई जिम्मा लगाए ।
“त्यो जनता को सम्पत्ति कति खर्च भयो र कति बाकी छ त्यो कहाँ छ हामीले कहिल्यै खोजिनिधी गरेउ र” ? जाड रक्सी पोख्ने मात्र हैन हालेको भए पाता फर्काएर पिटे ती माओवादी महिला ले अनि जनबादी शिक्षा सिकाउन थाले , राजनैतिक कखरा गराउन थाले ।
अनि ती बृद्ध र महिला मात्रै हैन पुरुषहरु ले पनि बुझे, आज अन्त के छ थाहा छैन मेरो जिल्लामा झारफुक गर्ने तल्लो घर र माथ्लो घर मा एक गिलास जाड र १ माना चामल बोकेर हात मुख जोड्ने मानिस नयाँ चेत बोकेर नयाँ आन्दोलन मा लाग्यो हत्केला मा जीवन बोकेर हिड्यो तेति बेला मकै ६५ रुपैयाँ मा किनेर जाड हालिन्थ्यो तर ढिडो खाने अन्न गाउँमा हुन्नथ्यो , धमाधम गाउँमा जाड रक्सी नियन्त्रण हुन थाल्यो आमा समूह बन्यो , मकै २० रुपैयाँ पाथी मा आउन लाग्यो र अघाउदी ढिडो खान पाईयो । यस्को उदाहरण अन्त छ कि छैन मेरो जिल्लामा  नेकपा को नेतृत्व मा यस्ता ब्यक्ती अहिले नै छन् । उनले बिर्से होलान् तर मेरो कलिलो मानसपटलमा अहिले पनि त्यो ताजा छ ।
“हामिले फेरि कहिले बेथिति विरुद्ध बोलेउ र”? हामी कहाँनेर बिग्रेपछि आन्दोलन सकिदै गयो ? जब पार्टी भित्र नयाँ आगन्तुक भित्र्याउन थालियो, रुपान्तरण तेहि बाट सुरु भयो, जाड को घ्याम्पो फुटाउन गाको माओवादी आफै मातेर जनताको मा पुग्यो । जनताको आङनमा आजै हिडेका नयाँ क्रान्तिकारी साथी लाई सेन्ट्री बसाएर  उ आफै तास खेल्न थाल्यो । जब जनता का घर आङ्गन मा प्रष्ट अन्तरसंघर्स छ्ताछुल्ल पोखियो । अब बिभाजन र विघटन को सुरुवाती भयो । मैले तेति बेला पनि माओवादी आन्दोलन तृबेणी भयो भन्दा मैले धेरै खन्डन खेपेको थिए । पार्टी नेतृत्वले हेड्क्वाटर दिल्ली सारे सङ्गै आन्दोलन पराधिन भैसकेको थियो, त्यस माथी प्रचण्डपथले जन्माएको व्यक्तिवादी र अधिनायकवाद अहिलेपनी माओवादी भित्र मज्जाले झाङिएकै छ । आज आएर तपाईं त्यस्को विकसित रुप हेर्नुस “सानो छलफल पनि पिजरिया र नाईट पार्टी ले टुंगिनु” कति दुख लाग्दो कुरा होला ?
५४ तिर माओवादी आन्दोलन सक्न खाओबादी को  घुसपैठभयो अहिलेको कम्युनिस्ट पार्टी सक्न यो एकता प्रक्रिया मा सच्चा क्रान्तिकारी कम्युनिस्ट लाई पाखा लागाउदै नबधनाड्य, ठेकेदार , गुन्डा, ब्यापारी, उधमी भ्रष्ट र बिचौलिया लाई हाबी गराउदै , समाजवाद को बर्को ओडेका दलाल पुजिबाद्का ठेकेदार हरुले पार्टी को उपल्लो कमिटी मा बसेर  यिनका परिचालित शक्ति केन्द्र लाई रिपोर्ट बाडिरहेका छन् ।
यसलाई चिर्नु छ , “नयाँ अभियान र आन्दोलन ले एउटा रास्ट्रप्रेमी जङ्गे जन्माउनु छ” , त्यसैले आउनुस, एउटा भिस्म प्रतिज्ञा गर्नुछ ।  प्रत्येक पटकको धोक्का र हार अनि चोटलाई
बिकास, प्रयोग र रक्षाको बिधिबाट  जित हासिल गर्नुछ ! एकता, संघर्ष र रूपान्तरणका लागी त्याग हरेक शर्तमा निस्वार्थ लागु  गर्नुछ !
हामी   साच्चै वर्गसंघर्ष को भट्टीबाट यो कसम को साथ नझुकी नथाकी अगाडि बढौ । स्वचालित सङ्गठनको निर्माण र स्वाधीन सत्ताको निर्माणमा आफु र सिङ्गो पंक्तिलाई पारदर्शी र स्वचालित बनाउन जुटौं  । हरेक चुल्होमा सचेतनाको अभियान पुर्याउ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी