भारतीय ह्याकरको सिकार नेपाली अभिनेत्री, कलाकार संघको आपत्ति

भारतीय ह्याकरको सिकार नेपाली अभिनेत्री, कलाकार संघको आपत्ति

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं,१५ जेठ । सीमा विवादका कारण नेपाल र भारतका ह्याकरबीच यतिबेला एक अर्काका देशका महत्वपूर्ण वेभसाइट ह्याक गर्ने प्रतिस्पर्धा चलेको छ । यसैक्रममा भारतीय ह्याकरहरूको सिकार नेपाली अभिनेत्रीहरू भएका छन् । भारतीय ह्याकरहरूले नेपाली ह्याकरहरूलाई चेतावनी दिँदै नेपालका विभिन्न अभिनेत्रीको टाउकोलाई कसैको पोर्न भिडियोमा जोडेर नक्कली पोर्न भिडियो सार्वजनिक गरे ।

यसरी सोमबार रातिबाटै आफ्नो टाउको अन्यको पोर्न भिडियोमा जोडेर भारतीय ह्याकरहरूले नक्कली भिडियो रिलिज गर्न थालेपछि नेपाली नायिकाहरू तनावमा थिए । मंगलबार दिउँसो नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले अब ती भिडियोलाई नेपालमा हेर्न नमिल्ने बनाएको छ । जसका कारण आफूहरूमा तनाव केही कम भएको अभिनेत्रीहरूले बताए ।

अहिलेका चलेका नायिकाहरूको टाउको जोडेर बनाइएको यस्तो पोर्न भिडियो उनीहरूको चरित्र हत्या गर्ने प्रकारकै थियो । त्यसैले, त्यो भिडियोमा फोटो उल्लेख गरिएको आफूहरूको नाम नखुलाउन पनि नायिकाहरूले अनुरोध गरे ।

१२ जना अभिनेत्रीमध्ये पनि दुई अभिनेत्रीको निकै लामो भिडियो बनाइएको बताइएको छ । यसरी सार्वजनिक गरिएको भिडियो अब भने नेपालमा रोकिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।

यसरी, आफ्ना निदोष अभिनेत्रीहरूलाई सुनियोजित रूपमा बदनाम गराएको भन्दै नेपाल चलचित्र कलाकार संघले यो विषयमा अनुसन्धानसहित दोषीलाई कारबाही र ती भिडियो तत्काल रोक्न प्रहरीमा उजुरी दियो । संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले मंगलबार बिहान महानगरीय अपराध महाशाखा टेकुमा पुगेर उजुरी दिएका छन् । अपराध शाखामा मंगलबार नै अभिनेत्रीहरूले पनि मौखिक रूपमा यस्तो भिडियो आएको जानकारी गराएपछि आफूहरू गम्भीर भएको प्रहरीले सो क्रममा बतायो ।

संघका अध्यक्ष खड्काले बुझाएको उजुरीपत्रमा भनिएको छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरूको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरूको बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुष्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दछांै ।’

उनले भने, ‘अहिले कोरोनाका कारण सारा नेपाली पीडामा छन् र नेपाली चलचित्र उद्योग धराशायी भएको छ । त्यहीमाथि निर्दोष नायिकाहरूलाई यसरी बदनाम गराउन खोज्दा उनीहरूमा कति पीडा भएको होला ।’

यो अत्यन्त निन्दनीय कार्य भएको भन्दै प्रहरीले यस विषयमा तत्काल छानबिन गर्ने प्रतिबद्धता आफूहरूसँग गरेको पनि संघका खड्काले बताए ।

यसैबीच कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एउटा प्रेस वक्तव्य जारी गर्दै केही दिनयता प्रविधिको माध्यमबाट कलाकारहरूको मानमर्दन हुनेगरी अतिरञ्जित सामग्री सामाजिक सञ्जालमा देखिन आएकाले नेपाल चलचित्र कलाकार संघले त्यसप्रति खेद प्रकट गरेको बताएका छन् । यस्ता गलत भिडियोप्रति भ्रममा नपर्न पनि उनले दर्शकलाई अनुरोध गरेका छन् ।

निरौलाद्वारा प्रेषित विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो असामाजिक एवं निन्दनीय आपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कारबाही मात्र हैन, सामाजिक बहिष्कार गर्न पनि हामी सबैसँग अनुरोध गर्दछांै । संघ सदैव चलचित्र क्षेत्रको सबै विधाका पेसाकर्मी र कलाकारहरूको साथमा छ र यस्तो आपराधिक कार्यको विरुद्धमा एक्लाएक्लै होइन, सामूहिक, संगठित र संस्थागत रूपमा लड्ने प्रतिबद्धता जनाउँदै यो आपराधिक कार्यको विरुद्धमा कानुनी कारबाहीका लागि संघले पहल गरिसकेको पनि जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमार्फत दोषीमाथि कारबाहीको माग पनि गरिएको छ । राजधानी दैनीकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी