जिन्दगीको रित्तो झोली भराउने मन छ
भोट मागी भेडाको हुल चराउने मन छ !
वर्षौँसम्म जेल बसें देश सम्झी त्याग गरें
ख्वामित् बनी हुक्केलाई अराउने मन छ !
दु:ख कष्ट कति काटें लगानी छ धेरै ठुलो
अब सत्ता पनि रखौटीझैँ गराउने मन छ !
बोल्न पनि आवाज दब्ने कण्ठबाट अब
महाराजाझैँ ठुलो स्वरले कराउने मन छ !
बल्ल तल्ल कुर्सी चढें हिसाब साफ गर्छु
दुश्मन जति आजै खोली तराउने मन छ !
बिर्सिएर पुराना ती हात्ती चप्पलको कथा
अब सँधैभरि नै वैकुण्ठमा हराउने मन छ !
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline