अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन

अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

वैशाख १७, मुम्बई । भारतीय अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार बिहान मृत्यु भएको ’द हिन्दूस्तान टाइम्स’ले जनाएको छ ।
इरफानले अभिनय गरेको फिल्म ’पिकु’का निर्मातारनिर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।
मंगलबार इरफानका परिवारले पनि आधिकारिक रुपमा केही जानकारी दिएका थिएनन् । तर, इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका थिए ।


उनले कोलोन इन्फेक्सन भएकोले इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको जनाएका थिए । हामी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहनेछौं । अहिले उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ । उहाँको शक्ति र साहसका कारण अहिलेसम्म यो रोगसँग लड्दै आउनु भएको छ । हामी विश्वस्त छौं कि उहाँको अपार इच्छा शक्ति र उहाँलाई माया गर्ने सबैको प्रार्थनाले चाँडै नै निको हुनुहुनेछ ।
गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।
गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी