हरेक दुखाइमा तिम्रो प्रहार
कोमल शब्दमा कडा अर्थ
खै जिन्दगी कसरी चल्छ
धिप धिपे बत्ती जसरी बल्छ।१।
हरेक लेखाईमा तिम्रो प्रश्न
सिधा सोधाईमा बाङ्गो जवाफ
खै दैनिकी कसरी बित्छ
धिप धिपे बत्ती जसरी बल्छ।२।
हरेक दिनमा तिम्रो व्यबहार
फरक हेराईमा गहिरो सोच
खै समय कसरी कट्छ
धिप धिपे बत्ती जसरी बल्छ।३।
हरेक साथमा तिम्रो शङ्का
एउटै परिवेशमा तितो संवाद
खै गन्तव्य कसरी पुग्छ
धिप धिपे बत्ती जसरी बल्छ।४।
हरेक पत्रमा तिम्रो जलन
एउटै घरमा बेग्लै दलान
खै निन्द्रा कसरी पर्छ
धिप धिपे बत्ती जसरि बल्छ।५।
पदमकुमार श्रेष्ठ अरबिन्दू
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline