मुर्दाशान्ति– जिन्दावाद–मुर्दावाद

मुर्दाशान्ति– जिन्दावाद–मुर्दावाद

  • मङ्लबार, बैशाख १६, २०७७
  • अग्निराज पौडेल ‘अराप’

  • 27.9K
    SHARES

रगतको आहालमा चोबलिएर
जेलनेल र सर्वस्व खेपेका
सहिदका सपना साकार पार्न
खाँटी उत्तराधिकारीको अभिनय गर्ने
ढोँगी राष्ट्रवादको भाषण छाँट्दै
सत्तामा पुगेका छद्मभेषी कलाकारलाई
समृद्धि र समानताको आसमा
मतदान गर्ने हे पटमूर्खहरू
संसदीय व्यवस्थाको आडमा
विचारलाई रछ्यानमा फ्याँकेर
शक्ति र सत्ताको दम्भ देखाउँदै
बेचे सुखानी र जनयुद्धका सहिदलाई
मुर्दाशान्ति– जिन्दावादको नारासँगै ।

बलात्कृत लास बेचियो नमिता–सुनिताको
पाएन न्याय मैना सुनारको बीभत्स लासले
सडकबाट आवाज बुलन्द गर्दै
गोली र निला डामबाट विचलित नभई
निर्मलाको न्याय चाहने हे ‘पटमूर्ख’ हरू
बेचियो निर्मलाको बलात्कृत लास पनि
मुर्दाशान्ति जिन्दावादको नारा घन्काउँदै !

सामन्तवाद गयो भन्छन्
लोकतन्त्र/गणतन्त्र पनि आयो अरे !
एक राजा गए भन्छन्
सयौँ महाराजा थपिए !
सङ्घर्षमा होमिएका ती
शौचालय सफा गर्दैछन्
कतार, मलेसियामा
पसिना बगाउँदैछन् कोही
भारतका गल्लीमा
खाल्टो खन्दैछन् कोही
लास गाड्ने
युरोप, अमेरिका र अस्ट्रेलियामा
शान्ति, समृद्धि र सुशासनको आशा गर्दै
रेमिट्यान्सले नै भए पनि
मुलुकको सेवा गरेको
भ्रममा परेका हे पटमूर्खहरू
चाटिरहेका छन्
रगत र पसिनाले भिजेको रेमिट्यान्स
बारुला, अरिङ्गाल र सत्ताका हनुमानहरू
मुर्दाशान्ति– जिन्दावादको नारा उराल्दै !

नयाँ संस्कृतिको आडम्बर
माक्र्सवादीको बर्काे ओढेर
आफ्नी आमालाई दुष्ट देख्ने
डलरको खेतीमा लम्पसार परेर
पराईलाई आमा बनाउन लागिपरेका
विद्वान् पण्डाहरूलाई
आदर्श मानेका हे पटमूर्खहरू
होली वाइनको चुस्कीका साथ
बेचे संस्कृति र परम्परा
मुर्दाशान्ति– जिन्दावादको आडमा !

लुटमा सामेल नभएका
जनताका आवाज बुलन्द गर्ने
लेखक, पत्रकार र सामाजिक अभियन्तालाई
थुन्दै र मार्दै
भ्रष्टाचार, गुन्डाराज र अशान्ति फैलाएर
आफ्नो ढुकुटी भर्दै
सत्ता टिकाउन लागिपरेका
छद्मभेषीहरूलाई
समानता, समृद्धि र शान्तिका नायक ठानेर
मुर्दाशान्तिमा नै रमाउन बानी परेका
जिउँदा लास भएर टुलुटुलु हेरिरहने
हे पटमूर्खहरू
बेचिसके राष्ट्र नै असफल बनाएर
मुर्दाशान्ति– जिन्दावाद भन्दै !

के यी दृश्य सहज छन्
तिम्रा आँखाका लागि ?!
हो, छैनन् भने आऊ
सडक खाली छ !
प्रतिकार गरौँ
मुर्दाशान्ति– मुर्दावाद भन्दै !
२०७७/०१/१२

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी