ईश्वर

ईश्वर

  • आइतवार, बैशाख १४, २०७७
  • प्रथा

  • 19.4K
    SHARES

*
ऊ आयो
र ना‌नीहरूबाट खोसेर
निर्जीव ढुङ्गामा दुध घोप्ट्यायो !
ऊ फेरि आयो
र श्रमिकहरूको गोजी काटेर
श्रीपेजजस्तो सुनको गजुर लगायो !
ऊ पुन: आयो
र भक्तहरूलाई लठ्याएर
बारजस्तो अनुष्ठानमा अहिल्या नचायो !
………………..

बढो गजबको छ
उसको त सोखको परिपाटी प‌नि !
चैतन्य दियो निभाएर
ऊ विज्ञानको अस्तु सेलाउँछ
गरीबलाई मन्दिर पठाएर
ऊ सम्भ्रान्तहरूसँगै जुवाखाल छिर्छ
यु्ध्दको शङ्खनाद गरेर
ऊ सेडिज्मको लम्बेतान कहानी पढ्छ
र मनलाई खण्डित पारेर
ऊ पृथ्वीमा घृणाको कारखाना चलाउँछ !
………………..

ऊ कहाँ छ
नियालेर हेर्नुस् त, कहाँ छैन र ?
आस्थाको टुँडालमा बसेर
ऊ प्रोनोग्राफी पोज दिइरहेको हुन्छ
मोक्षको खास्टो भनेर
ऊ पाखण्डताको जाल बुनिरहेको हुन्छ
यो जन्ममा निराशा बेचेर
ऊ परजन्मको आशाको सौदामा व्यस्त हुन्छ
र दिनभरि चमर हल्लाएर
ऊ रातभरि देउकीको चुल्ठी बाटिरहेको हुन्छ !
………………..

उसको चङ्गुलबाट
पशु-पंक्षीहरू जोगिएका छन्
उसको अस्तित्वलाई
वनस्पतिहरू निषेध गरिरहेछ‌न्
सायद,
यसैले मान्छेजस्तो निरीह र दुखी छैनन् !
थाहा छैन मलाई
कुन छिद्रबाट सुटुक्क छिर्यो ऊ
र विषालु अस्त्र बनेर
ध्वस्त पारिरहेछ – मान्छेहरूको संसार ?
………………..

यतिखेर,
भयको राँको सल्काएर
ऊ गाँजाको धुवाँ ओढी निदाएको छ !
………………..

मन्दिर, मस्जिद, गुम्बा र चर्च देखाएर
सुटुक्क पस्छ मस्तिष्कभित्र
र कुटुकुटु खाइरहन्छ
हरेक दिन विचारको कलिलो मुटु !
ऊ ईश्वर हो !
धर्तीको सबभन्दा ठूलो भ्रम
ऊ कहिँ नभएर प‌नि सबैतिर छ !
मान्छेले ईश्वर नजन्माएको भए
यो आकाशमा उदाउने
इन्द्रेणीको रङ कस्तो हुन्थ्यो होला ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी