कोरोना सन्देश

कोरोना सन्देश

  • बिहिबार, बैशाख ११, २०७७
  • –डा. रामकृष्ण तिमल्सेना

  • 38K
    SHARES

ए मानिसहरु हो,
मलाई कोरोना भन्छन्,
धेरै सिंङहरु भएको म ,
सिङ नै नभएका तिमीहरु,
सोचन एकपटक,
सिंङ हुनेको जति पनि,
बुद्धि छैन तिम्रो।
घमण्ड तिमीले धेरै गरयौ,
सम्पत्तिको र,
खोक्रो विकासको,
यसलाई चमत्कार नै ठान्यौ,
अव त धेरै भयो तिम्रो घमण्ड,
एउटा थोप्लो जत्रो मैले,
के बुझेको छु र !
तैपनि म काफी रेहेछु,
तिम्रो घमण्ड चिर्न,
शक्तिको मात तह लाउन,
पैसाको मातलाई उतार्न,
कोरनोमिक्स सृजना गर्न,
ए मान्छेहरु हो,
मलाई पनि रहर छैन,
तिम्रो साबुन पानी खेर फाल्न,
अनुहार नै नचिनिने गरी,
महंगो मास्क हाल्न,
आफन्तसगैँ बोल्नै छाड्ने बनाउन,
तिमीले त,
मरेको लाश पनि उठाएनौं,
त्यो त तिम्रो आफ्नै कर्म हो,
मानीदेऊ अलिकति शर्म ,
आफ्नो धर्म नछोड,
म छिटै जाने विचारमा छु,
एउटा सानो भ्याक्सिन बनाउँ,
एउटा सानो ट्यावलेट बनाउँ,
आफ्नो अहंकार छाड,
म नफर्किने गरी जानेछु
सधैँ सधैंको लागि,
ए मान्छेहरु हो ,
धेरै बिषाक्त मन नबोक,
मैले नमारे पनि तिमी मर्नेछौ,
अमर त कोही पनि छैन,
म पनि छैन ।
तिमी त मरणशील छौ ! एकदिन मर्नेछौ,
तैपनि,
म यो दोष बोक्न चाहन्न,
तिम्रो अकालमृत्यु बन्न चाहन्न,
तिमी सक्रिय बन,
तिमी ईमान्दार बन,
मेरो ऐतिहासिक काम, सकिएको छ सम्झ,
तिम्रो ऐतिहासिक काम,
शुरु भएको छ !
ढिला नगर,
अकालमा नमर,
तिमिलाई,
मेरो यही छ सन्देश।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी