आमा

आमा

  • बिहिबार, बैशाख ११, २०७७
  •  पिपला ढुङ्गाना

  • 10.8K
    SHARES

‌अँधेरो मझेरीको जून हुन् उनी
जसले सँधैभरि उदाइरहनु पर्छ
झलमल्ल भएर
बादलिने अधिकार छैन उनलाई
किनकी उनी आकास होइनन्
बादल लाग्ने अधिकार त
केवल उचाई सँग हुन्छ
सगर सँग हुन्छ
कि त हुन्छ सागर सँग
पुर्ण गहिराइ सँग

उनी न पुर्ण गहिरिन पाउँछिन्
न पुर्ण उचाई छुन
कर्तव्यको दायराले
निलुन्जेल सम्म
पानीको रफ्तारले
काटुन्जेल सम्म
निभाइरहनु पर्छ उनले
निस्फिक्री बगिरहने नदिको
दर्शक धर्म

उनी त बगर हुन्
जसले निल्नु पर्छ
प्रत्येक बहाव र छालहरु
र पनि सुख्खा रहनुपर्छ
त्यो उनको नियति हो

चुनौती पनि
किनकी उनी आमा हुन्
अनि
आमा मात्रैले सक्छिन्
यति विघ्न भार थाम्न
सहन
र सहेर मुस्कुराउँन
त्यसैले त जिन्दगीको
चन्द्रमा हुन् उनी
कहिल्यै नथाक्ने
कहिल्यै नलुक्ने
लाग्दैन उनमा
झरीको सुत्र
न लाग्छ बादलकै
न त ग्रहण नै लाग्छ कहिल्यै
र त स्वस्ति शान्ती हुन् उनी
प्रत्येक जीवनको
ग्रह गोचर शान्त बनाउने

धर्तीमा भएका प्राणी जगतका सम्पूर्ण आमाहरु प्रती हार्दिक नमन!

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी