काठमाडौं, ९ वैशाख ।
लकडाउनकाबीच चैतन्य चिन्तनको पन्ध्रौ शृङ्खला मंगलवार सम्पन्न भएको छ । सकारात्मक चिन्तनको साझा थलो र सकारात्मक विचारको आदान प्रदान गर्ने उद्देश्यका साथ चैतन्य चिन्तनको शृङ्खला शुरु भएको हो ।
लकडाउनका कारण भर्चुअल माध्यमबाट आयोजित श्रृखला दुई सत्रमा सन्चालन गरिएको थियो । पहिलो सत्रमा डा. चिन्तामणि योगीले “चैतन्य चिन्तन“ बिषयमा दिव्य प्रवचन दिनुभएको थियो ।
डा. योगीज्युको प्रस्तुती ४ स मा आधारित थियो जसमा सदभाव सहअस्तित्व सकारातमकता र श्रध्दा रहेका छन् । मानव जाती सवैमा सहभाव हुनु पर्ने, म वा मेरो होइन हाम्रो भन्ने भावना जागृत गर्नु अहिलेको आवश्यकता रहेको भन्दै डा. योगीले सवै इन्टरडिपेन्डेन्ट हुनु पर्ने कुरामा जोड दिनु भयो ।
कोरोनाले हामीलाइ डरत्रास त दियो तर यसको साथै हामीमा सहभावको भावना समेत जागृत गराईदिएको उहाँले बताउनु भयो । उहाँले सुख र दुख दुवै अस्थायी रहेको भन्दै सुखमा अहंकार वा दुखमा चिन्तित बन्ने नभै संयमी वन्ने क्षमता विकास गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
उहाँले हामीले श्रध्दा बढाउने आध्यात्मिकताको प्रब्रर्ध्दन वाट सकारातमकता को प्राप्ति र सकारात्मकता वाट इम्युनिटी पावर बढ्ने हुनाले सुख र दुख अनित्यका वीच सकारात्मकता वढाउन हामी क्रियाशील हुनु पर्ने विषयमा प्रवचन दिनुभएको थियो ।
यस्तै दोश्रो सत्रमा सर्वोच्च अदालतका पुर्ब रजिस्ट्रार, संविधान बिज्ञ, नेशनल ल कलेजका प्रमुख डा. रामकृष्ण तिमिल्सेनाले “वर्तमान सन्दर्भमा सांख्य दर्शनको उपयोगिता” बिषयमा धारणा राख्नुभएको थियो ।
डा. तिमिल्सेनाको प्रस्तुती मूलत पुरुष र प्रकृतिको मेल र यसको अन्तरसम्बन्ध तथा सांख्य दर्शनका विभिन्न आयामहरुमा केन्द्रित रह्यो । आस्तिक र नास्तिक अवधारणा इश्वर मान्ने र नमान्ने विषयसंग सम्बन्धित होइन यो त वेदलाइ प्रमाणिकता मान्ने वा नमान्ने वीचको वर्गीकरण भएको भन्दै उहाँले ६ आस्तिक दर्शनहरुमध्ये सांख्य दर्शन एक भएको वताउनु भयो ।
‘प्रजातन्त्र बहुलताको उद्घाटन गर्ने सांख्य दर्शन हो । सांख्य योग सिधेदान्त र व्यवहार हुन् सांख्यको सानिध्यता योग संग जोडीएको छ ।यो दर्शन त्रिगुणमा आधारित छ’, उहाँले भन्नुभयो, ‘सांख्य दर्शन वेदकै हाराहारीको दर्शन हो ।संसारमा सुख दुख दुवै छ भन्ने कुरा सांख्य दर्शनले गर्दछ ।’
२५ त्तत्वका गुणवाट पृथ्वी बन्दछ भन्ने कुरा सांखय दर्शनले उल्लेख गरेको वारेमा उहाले स्पष्ट गर्नु भयो । प्रकृतिको यो महत्वलाइ बुझेर अगाड वढे हामी दिव्य पुण्य आत्मा बन्न सक्दछौ भन्ने कुरा वताउनु भयो । छलफलमा भाग लिदै टुकराज अधिकारीले संस्कृत मातृभाषा वा स्थानीय भाषामा पढाइ शुरुगर्न पाठ्यक्रम निर्माण भैरहेको वताउनु भयो ।
दुवै सत्रका विज्ञ प्रस्तोताहरुको प्रस्तुतिसँगै सहभागिहरुसँग प्रश्नउत्तर पनि गरिएको थियो ।
मंगलवारको सत्रमा७५ जना भन्दा वढिको सहभागीता थियो । चैतन्य चिन्तन प्रति वढ्दै गएको यो आकर्षणले आगामी कार्यक्रमहरुलाइ थप नवीन र उपयोगी वनाउन हामीलाइ उत्प्रेरणा मिलेको आयोजकले जनाएको छ ।